×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारको बिषयमा समाचार सम्प्रेषण गर्ने सम्पूर्ण मिडियाहरुलाई हार्दिक अनुरोध !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ पुष २०७३, मंगलवार

PRIME CA
laxmi sunrise bank

सेयर बजारको बिषयमा समाचार सम्प्रेषण गर्ने सम्पूर्ण मिडियाहरुलाई हार्दिक अनुरोध !


  • रोहन शर्मा 

हाम्रा कतिपय आर्थीक मिडियाले लेख्ने सेयर समाचारको हेडलाईन;
☆ दोहोरो अंकले नेप्से बढ्यो तर कारोबार रकममा भाने भारी गिरावट, किन भयो त यस्तो चलखेल ?
☆नेप्सेमा भारी अंकको बृद्धी तर कारोबार रकममा पहिरो जाँदा पनि ३ कम्पनीका लगानिकर्ता भने भए मालामाल!

☆ आजपनि नेप्सेमा पहिरो जाने क्रम रोकिएन, नेप्से परिसुचकमा पहिरो जाँद पनि कारोबार रकममा भने झिनो बृद्धी ।
☆ बजारमा लगातारको गिरावटबाट लगानिकर्ता निराश, बिज्ञ भन्छन् सेयर बजार अझै तल झर्छ ।
☆ लगातारको बृद्धीसँगै लगानीकर्ता उत्साहित, बिज्ञ भन्छन् अब छिट्टै बजारले नयाँ उचाई कायम गर्नेछ। 
के रहेछ त कुरो भनेर भित्र गएर हेर्दा चुरो कुरो केहि भेटिंदैन । 
माथीका सबै हेडलाईनहरु एक हप्ता भित्रै बिभिन्न मिडियाहरुमा पढ्न सकिन्छ।
मिडियाहरुलाई मेरो बिनम्र अनुरोध, यो एक दुई दिनको बजार हैन । कृपया सेयर बजारलाई हल्का रुपमा नलिनुहोस् । बुझेर मात्र लेख्नुहोस् । खेलकुद पत्रकार मित्रहरुले सेयर सम्बाददाताको अनुपस्थितिमा सेयर समाचारको बिषयमा कलम चलाउन बन्द गर्नुहोस्।अध्यान गर्ने बानी बसाल्नुहोस् ।
सेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई बजारको बिषयमा अध्यानको जती जरुरत पर्दछ त्योभन्दा बढी उक्त बिषयमा समाचार सम्प्रेषण गर्ने पत्रकारले बुझ्नु जरुरी छ । तपाईंहरुको समाचारले बजारको दिशा मोडिदिने गर्दछ कहिले काहिं!आम लगानिकर्ताको मनोबिज्ञानमा तुरन्तै प्रभाव पारिदिन्छ । तत्कालको लागि तपाईंको चर्चा चुलिएला तर भोली बास्तबिकता बुझेपछी पाठकले “हैट यो त हावा नै रैछ !” भनेर भन्दा बजारमा तपाईंको बिश्वसनियता के होला?
चल्तीकै मिडियाहरुले पनि सेयर बजार सम्बन्धी समाचारलाई “FILL IN THE BLANKS” को रुपमा लिएको पाईन्छ । एउटा कुरा याद गर्नुहोस्, तपाईंको लेखले खेलकुद अनि मनोरन्जनका पाठकलाई कुनै फरक नपार्ला तर सेयर समाचारलाई बिषेश प्राथमिकता दिने हामीजस्ता पाठकको नजरबाट भने तपाईंको मिडियाको स्तरनै गिर्नेछ  !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: