
एजेन्सी – आइभोरी कोष्टका राष्ट्रपति अलास्साने ओउट्टाराले सेना, प्रहरी र अर्धसैनिक बलका प्रमुखलाई बर्खास्त गरेका छन्। राष्ट्रपति कार्यालयले वक्तव्य निकाली सेना प्रमुख सोउमाइला बाबायोको, अर्धसैनिक बलका कमान्डर जर्भाइस कोआस्सी र प्रहरी महानिर्देशक ब्रेडोउ एम्बिआलाई तत्कालदेखि लागू हुने गरी जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ।
उनीहरुलाई पदबाट हटाउनुको कारण उल्लेख नगरिएको बिबिसीले जनाएको छ। तर दुई दिने सैनिक बिद्रोहलाई लिएर जिम्मेवारी निर्वाहमा असफल भएकाले पदबाट हटाइएको हुनसक्ने अनुमान गरिएको छ। प्रधानमन्त्री डेनियल कब्लान डन्कनको राजिनामा आएको केही घण्टापछि नै सुरक्षाप्रमुखहरुलाई पदमुक्त गरिएको हो।
तीनवटै सुरक्षा अंगमा उपप्रमुखलाई जिम्मेवारी दिइएको समाचारमा जनाइएको छ। बोनस र अरु सेवा सुविधाको ग्यारेन्टी हुनुपर्ने माग गर्दै असन्तुष्ट सैनिकले गएको शुक्रबार आइभोरी कोष्टको बोआके शहरबाट शुरु गरेको विद्रोहमा अरु शहरका सैनिक समेत सामेल भएका थिए।
उनीहरुले राजधानी अबिद्जानमा रहेको सैनिक मुख्यालय नियन्त्रणमा लिनुका साथै वार्ताका लागि गएका रक्षामन्त्रीलाई बन्धक बनाएका थिए। सरकार मागमा सहमत भएपछि दुई दिने बिद्रोह टुंगिएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्