Skip to content
LAXMI SUNRISE BANK

संसदभित्रको गतिविधि कसरी बाहिर आयो : मन्त्री केसी

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले ब्यवस्थापिका संसदको बैठक चलिरहेका बेला मुखबाट खैनी भिकेर थुकेको नभई दालचिनी थुकेको बताएका छन् । संसद बैठकमै मन्त्री केसीले खैनी थुकेको समाचार बाहिर आएपछि उनले आफ्नो बचाउ गरेका छन् । ‘मैले मुखबाट खैनी झिकेर संसदमा फालेको होइन’ उनले भने ‘म केही दिनदेखि विरामी थिँए, दालचिनी खाइरहेको थिएँ त्यही फालेको हँ ।’
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै केसीले संसदभित्रको गतिविधि बाहिर आउनु दुखद भएको बताए । ‘संसदभित्रको गतिविधि कसरी बाहिर आयो उनले भने ‘ तस्विरसहित त्यो समाचार बाहिर आएपछि म तिनछक परेको छु ।’
केसीले आफु ब्यवस्थापिका संसदको मर्यादाप्रति सचेत रहेको बताएका छन् । उनले भने ‘सबैलाई अचानक गाह्रो हुन सक्छ। कहिले बसेकै ठाउँमा वान्ता पनि हुन सक्छ’ उनले भने ‘दालचिनी चपाएपछि फाल्न समस्या भयो मैले त्यही फालिदिएको हुँ ।’ सोही बिषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा समाचार आउएको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK