

- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – पृथ्वी जयन्तीमा सार्वजनिक विदा नदिने सरकारी निर्णयप्रति सरकारकै एक मन्त्री असन्तुष्ट बनेका छन् । बुधबार बसेको मन्त्रीपरिषदको बैठकमा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पृथ्वी जयन्तीमा विदा दिने निर्णय नगरेर सरकारले गल्ति गरेको बताए ।
विश्वका धेरै मुलुकमा जस्तोसुकै तानाशाह भएको भए पनि उसले राष्ट्रिय एकीकरणमा भूमिका निर्वाह गरेको छ भने त्यसलाई सम्मान दिने प्रचलन छ’ बैठकमा मन्त्री केसीले भने ‘तर हामीले पृथ्वीनारायण शाहलाई भुल्यौ ।’ उनले बैठकमा लगातार यही बिषय उठाइरहे । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिले उनको कुरै सुन्न चाहेनन् ।
बैठकपछि प्रतिक्रिया दिँदै मन्त्री केसीले भने ‘तीन पटक प्रस्ताव गरेँ, मलाई माफ गर्नुहोला सार्वजनिक विदा दिने निर्णय गराउन सकिँन ।’ सरकारले आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहको भूमिकालाई भुलेको आरोप समेत लगाए । ‘पृथ्वी जयन्ती भन्दा पनि एकता दिवसका रुपमा मनाउनु पर्छ भन्ने मेरो मान्यता थियो’ केसीले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्