
- प्रनिश थापा / अर्थ सरोकार डटकम
काठमाण्डौ – कोशीटप्पु वन्यजन्तु आरक्षबाट थप एउटा अर्ना चितवन निकुञ्ज ल्याइएको छ। शुक्रबार दुई वटा अर्ना ल्याएर चितवन निकुञ्जमा सार्वजनिक गरिएकोमा थप अर्को पोथी अर्ना चितवन निकुञ्जमा ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । अहिले अर्ना समात्ने चिकित्सक र प्राविधिज्ञ सहितको टोली कोशीटप्पुमै रहेको छ। यो सँगै चितवन निकुञ्जमा ३ वटा अर्ना आइपुगेको छ।

६ बर्षको पोथी अर्ना समाएर चितवन पठाईएको र आजपनि अर्ना समाउने प्राविधिक टोली कोशीको आरक्षमा खटाईएको आरक्षका प्रमुख श्यामकुमार शाहले जानकारी दिए । कोशी बाट चितवनमा ५ भाले सहित २० वटा अर्ना ल्याउने योजना छ । क्रमैसँग अर्ना ल्याइने चितवन निकुञ्जले जनाएको छ । अर्ना लोप नहोस् भनेर बंश संरक्षणका लागि यसरी स्थानान्तरण गरिएको हो।

सन् १९६० को दशक अघि चितवनमा अर्ना रहेको र पछि लोप भएको यहाँका पुराना संरक्षणकर्मी रामप्रीत यादव बताउँछन् । अर्ना स्थानान्तरणको काम जुलोजिकल सोसाइटी अफ लण्डन, डव्लु डव्लुएफको हरियो वन कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निकुञ्ज विभागको समन्वयमा भएको हो । अर्ना ल्याउने काम सकिएपछि बाह्र सिंगे ल्याउने र गैंडा स्थानान्तरणको काम शुरु हुने निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्