
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ किलो अवैध सुन बरामद भएको घटनामा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको नाम जोडेर मिडियामा आएका समाचारको अर्थ मन्त्रालयले खण्डन गरेको छ। केही पत्रिकामा राजनीतिक पूर्वाग्रह राखेर तथा चरित्र हत्या गर्ने मनसायले समाचारहरु आएको अर्थ मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ।
केही दिन यता माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको चरित्र हत्या गर्ने ढंगले समाचार प्रकाशन भएकोमा अर्थ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छु, अर्थमन्त्री महराका सूचना तथा सञ्चार विज्ञ त्रिभुवन पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ुविशेषगरी केही पत्रिकामा राजनितिक पूर्वाग्रह राखेर तथा चरित्र हत्या गर्ने मनसायले माननीय मन्त्री ज्यूको बदनाम गर्ने गरी समाचार प्रकाशन भएकोमा अर्थ मन्त्रालय खेद प्रकट गर्न चाहन्छ ।
सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषी उपर कडा भन्दा कडा कारवाही गर्न अर्थमन्त्री महाराले मन्त्रालयका सचिव र भन्सार विभागका अधिकारीहरुलाई स्पष्ट निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ। कतिपय पत्रपत्रिकाले अर्थमन्त्री कृष्णबहादुर महराको नाम जोडेर अवैध सुनका बारेमा समाचार लेखेपछि मन्त्रालयले विज्ञप्ति निकालेको हो। यस्तै नेपाल उद्योग वाणिज्य महासंघले कर फर्स्योट आयोग गठन गर्न माग गरे पनि यस विषयमा कुनै निर्णय नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्