Skip to content
LAXMI SUNRISE BANK

बाध्य भएर संविधानमा हस्ताक्षर गरेँ : भट्टराई

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददता 

काठमाण्डौ – भट्टराईले आफू सुरुदेखि नै संविधान सभाबाट संविधान जारी हुनुपर्छ भन्ने व्यक्त भएको भन्दै चाहना नहुँदा नहुँदै पनि विवाद समाधान समतिमा हुँदा अपूरो संविधानमा हस्ताक्षर गर्न बाध्य भएको बताए ।
‘विवाद समितिमा हुँदा मैले बाध्य भएर संविधानमा हस्ताक्षर गरेँ’, भट्टराईले भने, ‘म सुरुदेखि नै संविधान सभाबाट संविधान निर्माण हुनुपर्छ भन्ने पक्षको भएर केहि गुमाएर पनि हस्ताक्षर गरेको थिएँ।’ उनले संविधानमा व्यापक त्रुटि भएको भन्दै सोहि कारण कार्यान्वयनमा कठिन समस्या रहेको बताए ।
उनले भने, ‘ संविधान यति अपूर्ण छ कि यसलाई लागू गर्न फलामको च्यूरा चपाउनु सरह पर्छ’, भट्टराईले भने, ‘सकिन्छ भने पुनर्लेखन या खारेज गरौं, तर अहिले नै त्यो सम्भवन पनि देखिन्न । त्यो नयाँ पुस्ताले गर्नुपर्छ । अहिले भने सबैलाई थामथुम पार्न संशोधन गरिने बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK