Skip to content
LAXMI SUNRISE BANK

नयाँ शक्ति र मधेसी मोर्चाबीच सहकार्य हुने

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – डा .बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनबीच सहकार्य हुने समझदारी भएको छ ।
बिहीबार भएको छलफलमा संविधान संशोधनका लागि दबाव दिन मधेशी गठबन्धन र नयाँ शक्तिले कार्यगत एकता गर्ने भएका छन् ।
साथै उनीहरुले संविधान संशोधन विधेयकमा गरिने परिर्माजनबारे साझा धारणा बनाउने समझदारी समेत गरेका छन् । यो कार्यगत एकता संविधान संशोधनका लागि भएको नेताहरुले बताएका छन् ।
अब गठवन्धन र नयाँ शक्तिका नेताहरुको टोलीले सरकारले संसदमा दर्ता गराएको संशोधन विधेयकमा गरिने परिर्माजनबारे साझा धारणा बनाउनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK