
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले मुलुकको राष्ट्रियतालाई बुझ्ने मामलामा अतिवादी सोंच हावी भएको बताएका छन्। संयोजक भट्टराईले राष्ट्रियतालाई बुझ्ने मामलामा मधेशवादी दलहरु पनि चुक्ने गरेको आरोप लगाए।
ब्ल्याकआउट नामक पुस्तकको काठमाडौंमा विमोचन गर्दै संयोजक भट्टराईले मुलुकको राष्ट्रियतालाई इन्द्रेणी राष्ट्रियताको संज्ञा दिँदै सोही अनुसार बुझिदिन मधेशवादी दलहरुलाई आग्रह पनि गरे। उनले एकल जातीयवादी दृष्टिकोणको आधारमा हेरेर मुलुकको राष्ट्रियतालाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पारे।
कार्यक्रममा बोल्दै तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मधेश समस्या समाधान गर्न इमान्दार नदेखिएको आरोप लगाए। उनले प्रचण्डले आफूहरुको समस्या समाधान गर्छु भनेर आश्वासन दिएपनि काम भने नगरेको भन्दै आपत्ति जनाए।
अध्यक्ष ठाकुरले ठूला दलहरु आफ्नो स्वार्थका लागि मिल्ने गरेको जिकिर पनि गरे। उनले ठूला दलहरुले सत्ता र सत्ता नजिक रहेकाहरुलाई मात्रै हेर्ने गरेकाले मुलुकमा जारी विभेद अन्त्य गर्न कठिनाई भइरहेको पनि स्पष्ट पारे।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा जारी विभेद अन्त्य नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए। मधेशसहित देशभर विद्यमान विभेद अन्त्य नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए। अध्यक्ष यादवले संविधान पुनर्लेखन नभई नहुने माग पनि दोहोर्याए।
सबै समुदायमा देखिएको विभेद अन्त्य गर्न संविधान पुनर्लेखनको विकल्प नरहेको उनको जिकिर छ। अध्यक्ष यादवले मुलुकमा देखिएको समस्या समाधन गर्न ठूला दलहरु गम्भीर नदेखिएको आरोप पनि लगाए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्