×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक व्यापारमा आयात–निर्यात अनुपात हालसम्मकै उच्च

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक व्यापारमा आयात–निर्यात अनुपात हालसम्मकै उच्च

Artha Sarokar

९ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मुलुकको वैदेशिक व्यापारमा आयातको अनुपातमा निर्यात अनुपात वृद्धि हुन नसक्दा आयात–निर्यात अनुपात हालसम्मकै उच्च तहमा पुगेको खबर आजको कारोबारमा छ ।
भन्सार विभागका अनुसार चालू आवको पहिलो ६ महिनामा आयातभन्दा निर्यात १२.८ गुणाले बढी भएको छ । यो अनुपात हालसम्मकै उच्च हो ।
गत वर्षको पुससम्म आयात–निर्यात अनुपात ८.८ थियो । कुल व्यापारमा आयातको हिस्सा ९२.८ प्रतिशत र निर्यातको हिस्सा ७.२ प्रतिशत छ । यो हिस्सा गत आर्थिक वर्षको यसै अवधिकोभन्दा बढी हो । गत वर्ष कुल व्यापारमा आयातको हिस्सा ८९.८ र निर्यातको हिस्सा १०।२ प्रतिशत थियो ।
पुससम्म कुल वस्तु आयात चार खर्ब ६३ अर्ब ७२ करोड ९८ लाख र निर्यात ३६ अर्ब १९ करोड ९० लाख रुपैयाँको भएको छ । वस्तु आयात गत वर्षको यसै अवधिको भन्दा ६७.०६ प्रतिशत र निर्यात १४.८९ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको सुरुदेखि नै भारतीय सीमा नाकामा अवरोधका कारण वैदेशिक व्यापार फस्टाउन सकेको थिएन । तर, चालू वर्ष सुरुदेखि नै व्यापार सहज ढंगले अघि बढ्दा पनि त्यसको प्रभाव आयातमा मात्रै देखिएको छ तर, निर्यातमा खासै सुधार हुन सकेको छैन । गत वर्ष छ महिनामा २ खर्ब ७७ अर्ब ५७ करोडको वस्तु आयात र ३१ अर्ब ५० करोडको वस्तु निर्यात भएको थियो ।
पछिल्लो छ महिनामा भएको वैदेशिक व्यापारमध्ये पुस महिनामा नेपालले सबैभन्दा बढी व्यापार घाटा बेहोरेको छ । चालू आर्थिक वर्षमा भएको व्यापारलाई मासिक रुपमा हेर्दा सबैभन्दा बढी रकमको वस्तु आयात भएको र निर्यातमा सुधार नहुँदा यो महिना व्यापार घाटा बढी भएको हो ।
भन्सार विभागका अनुसार पुसमा ८१ अर्ब ४५ करोड ३८ लाखको वस्तु आयात र ५ अर्ब ५९ करोड ३३ लाख रुपैयाँको निर्यात भएकादे व्यापारघाटा ७५ अर्ब ८६ करोड ५ लाख पुगेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी