
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधानको रक्षा गर्न आफनो पार्टी आन्दोलनमा जानुपरेको बताएका छन्। उपाध्यक्ष गौतमले जनता आफैंले बनाएको संविधानको रक्षा आफनै पार्टी नेतृत्वबाट मात्रै सम्भव रहेको दावी पनि गरे।
शुक्रबार काठमाडौंमा आयोजना गरिएको विरोध प्रर्दशन सभाका लागि तयार गरिएको पार्टीको स्वयम्सेवक दस्तालाई बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आवश्यक निर्देशन दिँदै उपाध्यक्ष गौतमले संविधानको रक्षा गर्न सबै लाग्नुपर्ने बेला आएको पनि स्पष्ट पारे। उनले अनेकौं षडयन्त्र चिर्दै आफनो पार्टी नेतृत्वमा जारी भएको संविधानको रक्षा गर्न सबै पक्षलाई आह्वान पनि गरे।
उपाध्यक्ष गौतमले संविधान कार्यान्वयन हुनै नदिने बाह्य षडयन्त्रलाई माओवादी नेतृत्वको सरकारले साथ दिएको भन्दै आक्रोश पनि व्यक्त गरे। उनले संविधान संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन सरकारलाई पुन दवाव पनि दिए।
सर्वोच्च अदालतले दिएको आदेश पनि संविधान संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने आशयका साथ आएको उल्लेख गर्दै उनले अब निर्वाचनमा केन्द्रित हुन ढिलाई गर्न नहुनेमा जोड दिए। एमालेले सीमांकनसहितको हेरफेर गर्ने अधिकार सम्बन्धित प्रदेश सभालाई मात्रै रहेको उल्लेख गर्दै संविधान संशोधन प्रस्ताव फिर्ता गर्न माग गर्दै सदन र सडक दुवै संघर्षलाई तीव्र बनाउँदै लगेको छ।
उपाध्यक्ष गौतमले संविधानको रक्षा गर्दै कार्यान्वयनमा लैजान सरकारलाई सदन र सडक दुवै क्षेत्रबाट दवाव दिनुपरेको पनि स्पष्ट पारे। कार्यक्रममा बोल्दै एमाले सचिव प्रदीप ज्ञवालीले मुलुकलाई टुक्रा टुक्रा बनाउने षडयन्त्र सफल हुन नदिने अठोट गरे। उनले तराईबाट पहाड अलग गर्ने उद्देश्यका साथ आएको संविधान संशोधन प्रस्तावको औचित्य नरहेको पनि दोहोर्याए।
सचिव ज्ञवालीले जनताको चाहना अनुसार सर्वोच्च अदालतको पनि आदेश आएकाले सरकार संविधान संशोधन प्रस्ताव फिर्ता गर्न बाध्य हुने चेतावनी पनि दिए। एमालेसहितका विपक्ष गठबन्धनले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव विरुद्ध शुक्रबार काठमाडौंमा विशाल प्रर्दशन गर्ने तयारीलाई पनि तीव्रता दिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्