
काठमाडौं – बैंक तथा वित्तीय संस्थाले अनुत्पादक मानिएको क्षेत्रमा उच्च रूपमा कर्जा प्रवाह गरिरहेको पाइएको छ। चालू आर्थिक वर्षको मंसिर महिनासम्ममा १ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ६१ प्रतिशत अनुत्पादक क्षेत्रमा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो।
राष्ट्र बैंकका अनुसार ओभरड्राफ् घरजग्गा, ‘हायर पर्चेज’ र सेयर धितोमा मात्र ५ महिनाको अवधिमा ९६ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।
अनुत्पादक क्षेत्रमा उच्च रूपमा कर्जा प्रवाह बढेको भन्दै राष्ट्र बैंकले खराब कर्जाको अनुपात बढ्नसक्ने चेतावनी दिएको छ। राष्ट्र बैंकद्वारा सार्वजनिक पाँच महिनाको आर्थिक स्थिति समीक्षामा बैंक तथा वित्तीय संस्थाले अनुत्पादक मानिएको क्षेत्रमा प्रवाह गरेको कर्जाले जोखिम निम्त्याउन सक्ने सम्भावना देखाएको हो।
बैंक तथा वित्तीय संस्थाले आगामी दिनमा सावधानीपूर्वक कर्जा प्रवाह गर्नुपर्ने देखिन्छ’, राष्ट्र बैंकले भनेको छ, ‘वित्तीय क्षेत्रको स्थायित्व कायम राख्नका लागि अहिलेको अवस्थाले चुनौतीपूर्ण देखाएको छ।’ तथ्यांकअनुसार पाँच महिनाको अवधिमा ‘ओभरड्राफ्ट’ शीर्षकमा जाने कर्जा ४१ अर्ब ८ करोड रुपैयाँले बढेको छ भने मार्जिन लेन्डिङु ६८ करोड, आवासीय घर निर्माण कर्जा १६ अर्ब ५० करोड, रियल स्टेटु कर्जा १० अर्ब ९० करोड तथा हायर पर्चेजु कर्जा २६ अर्ब २० करोड रुपैयाँले बढेको छ ।
राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख नरबहादुर थापा उच्च रूपमा कर्जा प्रवाह बढाएका बैंक तथा वित्तीय संस्थाले ५ शीर्षकमा प्रवाह गरेको कर्जाको मात्रा बढी हुनु संवेदनशील भएको बताउँछन्। ‘कर्जा प्रवाह अहिले निकै उच्च रूपमा बढेको छ’, थापा भन्छन्, ‘यसले भविष्यमा ठूलै खतरा ल्याउनसक्ने देखिन्छ। यसमा बैंक तथा वित्तीय संस्था सजग हुन आवश्यक देखिन्छ।
राष्ट्र बैंकले अनुत्पादक क्षेत्र मानेको पाँच क्षेत्रमध्ये सबैभन्दा बढी ओभर ड्राफ्ट’ र ‘हायर पर्चेज’को लागि कर्जा गएको पाइएको छ। ऋण तिर्नका लागि सजिलो हुने भएकाले व्यवसायीको प्राथमिकता ‘ओभर ड्राफ्ट’मा पर्ने गर्छ। यसको अधिकांश हिस्सा घरजग्गा कारोबारमा गएको अनुमान राष्ट्र बैंकले गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्