
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – यसअघि ललितपुरको एकान्तकुनाबाट मात्रै लाइसेन्स दिने व्यवस्था रहेकाले सेवाग्राहीको असजिलोलाई मध्य नजर राख्दै भक्तपुरमा पनि कार्यालय विस्तार गरेको हो । सरकारले दिएको निर्देशन अनुरुप यातायात ब्यबस्था बिभागले भक्तपुरमा पनि यातायात कार्यालय थप गरेको हो ।
बिभागले यस अघि काठमाडौंको स्वयम्भूस्थित सानो भ¥याङमा पनि यातायात कार्यालय खोली लाईसेन्स वितरणको काम सुरु गरिसकेको छ ।
जगाती कार्यालयको आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गरेका हुन् । कार्यलयले लाइसेन्सको फारम भर्ने, नवीकरण गर्ने र विदेशमा बनेको लाइसेन्सको नेपालीकरण गर्ने कार्य गर्ने छ ।
हाल कार्यालयमा ट्रायल सेन्टर भने छैन । ट्रायल सेन्टरको टुंगो नलागेकाले तत्काल त्यहाँबाट लाइसेन्स वितरण भने हुने छैन । मन्त्री लेखकले केही समय भित्रै ट्रायल सेन्टरको पनि व्यवस्था गर्ने घोषणा गरेका छन् । यातायात कार्यालय जगातीका प्रमुख अनोजकुमार घिमिरेले यहि महिना भित्रमा ट्रायल सेन्टरको समेत ब्यबस्था गरी समपूर्ण कार्य गरिने बताए ।
त्यहाँबाट लाइसेन्स वितरण थालेपछि काठमाडौं उपत्यकाको मध्य पूर्वका जिल्लाहरुका सर्वसाधारणलाई लाइसेन्स लिन अब राजधानी धाउनु पर्ने बाध्यता अन्त्य हुने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्