
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – ६५औं अन्तर्राष्ट्रिय भन्सार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो वर्ष भन्सारको पद्धति र प्रणाली सुधारमा तथ्यांक विश्लेषणलाई प्रवर्धन गर्न ‘प्रभावकारी सीमा व्यवस्थापनका लागि तथ्याङ्क विश्लेषण’ नारा तय गरिएको छ।
दिवसका अवसरमा सन्देश दिंदै अर्थमन्त्री कृष्णबहादुर महराले सुधारिएका प्रणालीको कार्यान्वयनसंँगै कारोबार लागत न्यूनीकरण, भन्सार सेवाको उत्कृष्टता कायम, जनशक्तिमा व्यवसायिकताको विकासको माध्यमबाट सूचना प्रविधिमा आधारित भन्सार प्रशासन स्थापित गर्ने कार्यमा सहकार्य आवश्यक रहेको बताएका छन्।
भन्सार प्रशासनलाई व्यवस्थित बनाउन विश्वव्यापी प्रविधिको उपयोग गर्ने क्रममा चालु वर्ष भित्र दश प्रमुख भन्सार कार्यालयमा ुवेबुमा आधारित ‘आसिकुडा वर्ल्ड’ प्रणालीको कार्यान्वयन गरिएको भन्न्सार विभागले जनाएको छ। यस्तै आयात निर्यात संकेत नम्बरको प्रयोग, अत्याधुनिक एक्सरे मेशिन, यात्रुजाँच पासमा प्रयोग हुने मेशिनहरुको स्तरोन्नति लगायतका काम भइरहेको विभागले बताएको छ।
विश्व भन्सार संगठनको स्थापना भएको दिन जनवरी २६ तारिखमा विश्वभरका भन्सार प्रशासनले अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्