×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वच्छ शहर मध्ये भरतपुर दशौं स्थानमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

स्वच्छ शहर मध्ये भरतपुर दशौं स्थानमा

१४ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • प्रनिश थापा अर्थ सरोकार डटकम
काठमाण्डौ – पछिल्लो समय भरतपुर उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा सुधारोन्मुख कार्यहरु गरेको छ । उपमहानगरपालिकालाई कुनै समय फोहोर व्यवस्थापन ‘फलामको चिउरा’ भएको थियो । फोहोर व्यव स्थापनको जटिलतालाई चिर्दै अगाडि बढेको भरतपुरलाई फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र काठमाडौँले नेपालका सफा दस सहरभित्र पारेको छ ।
 फोहोर व्यवस्थापनको जिम्मा उपमहानगरपालिकाले दुई वटा निजी क्षेत्र लाई दिन थालेपछि फोहोर व्यवस्थापन सुधारो न्मुख देखिएको हो । ‘फोहोर व्यवस्थापनको सबै हिस्सा अहिले नगरपालिकाले मात्र लिएको छैन, निजी क्षेत्रबीच सकारात्मक प्रतिस्पर्धा चलाएका कारणले फोहोर व्यवस्थापन सुधारोन्मुख हुँदै गएको हो’ ।
भरतपुर उपमहानगरपालिकाका प्रमुख महेश बरालले भने, ‘पहिला एउटाको मात्र एकाधिकार थियो, अहिले दुई निजी क्षेत्रलाई फोहोर व्यवस्थापनको जिम्मा दिएका छौँ ।’निजी क्षेत्रले फोहोर उठाएबापत् ७० प्रतिशत रकम जनताबाटै उठाउनुपर्छ । भरतपुर उपमहानगरपालिकाले ३० प्रतिशतमात्र रकम उपलव्ध गराउँछ । 
निजी क्षेत्रले बढी रकम जनताबाटै उठाउनुपर्ने भएकाले उनीहरुलाई फोहोर उठाउन दबाब परेको छ । फोहोर नउठाए जनताले पैसा दिँदैनन् । त्यसैले पछिल्लो पटक फोहोर व्यवस्थापन राम्रो हुँदै गएको छ’ भरतपुर उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख विराट घिमिरेले भने, ‘बढी पैसा दिए जनताले पनि उनीहरुलाई फोहोर उठाउन घचघचाउने गरेका छन् ।
फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र काठमाडौँका कानुनी अधिकृत दीपेन्द्र ओलीले सफा दस सहरमध्ये भरतपुर पनि पर्ने बताए ।केन्द्रले यसअघि गरेको निगरानीमा फोहोर व्यवस्थापन राम्रो गर्नेमा पोखरा, हेटौँडा,वालिङ, दमक, धनकुटा, घोराही, इटहरी, भरतपुर परेको बताएको छ । ‘फेरि केन्द्रले चैततिर सबै जिल्लाको फोहोर व्यवस्थापनको निगरानी गर्नेछ, त्यसमा भरतपुरको स्थान कस्तो हुन्छ  हेरौँ’ अधिकृत ओलीले भने ।
क्षेत्र विभाजन गरेर सरसफाइ ।
भरतपुर उपमहानगरपालिकाले क्षेत्र विभाजन गरेर सरसफाइ गरिरहेको छ । फोहोर उठाउने सवारी साधन पनि थपेको छ । क्षेत्र विभाजन गरेर सरसफाइ गर्न थालेपछि प्रभावकारी काम भएको उपमहानगरपालिकाका वातावरण शाखाका प्रमुख विराट घिमिरेले बताए । ‘पहिला ८ वटा सवारीसाधनले मात्र फोहोर उठाउने गरेको थियो, अहिले २० वटा सवारी साधनले फोहोर उठाइ रहेको छ’ घिमिरेले भने । उनका अनुसार अहिले फोहोर उठाउन गाडी आएन भन्ने गुनासो छैन । 
उठाउन गए नगएको बारे अनुगमन पनि भइरहेको घिमिरेले बताए । ‘गाडीहरु फोहोर उठाउन बिहान गाडीहरु लस्कर लाएर गुड्छन् । पहिलाका जसरी कहाँ फोहोरको थुप्रो छु भन्नूस्’ घिमिरेले थपे, ‘तर उपमहानगरपालिकाले मात्र गरेर हुँदैन, फोहोर व्यवस्थापन प्रत्येक घरले गर्न जरुरी छ । चेतनशील हुन आवश्यक छ ।’
ल्याण्डफिल साइडको समस्या ।
भरतपुर उपमहानगरपालिकालाई फोहोर व्यवस्थापन गर्न ल्यान्डफिल साइडको आवश्यक परेको छ । नेपाल सरकारले उपमहानगरपालिका लाई ल्याण्डफिल साइडको लागि १५ बिघा जग्गा पनि उपलव्ध गराएको छ । तर, पर्याप्त बजेटको अभावले काम अघि बढ्न सकेको छैन ।
माडीमा उपमहानगरपालिकाले लिएको १५ बिघा जग्गा वृक्षरोपण गरी वनलाई बुझाउने सर्तमा जलदेवी सामुदायिक वन क्षेत्रभित्र पर्ने जग्गा नेपाल सरकारले ल्याण्डफिल साइड बनाउन उपलव्ध गराएको छ । ‘ल्याण्डफिलको लागि जग्गा त छ, तर साइड बनाउन धेरै रकम लाग्ने भएकाले प्रोजेक्टको खोजीमा रहेका छौँ ।
 भरतपुर उपमहानगरपालिकाका प्रमुख महेश बरालले भने । ल्याण्डफिल साइड नभएर उपमहानगरपालिकाले फोहोर व्यक्तिको पुर्न पर्ने जग्गामा फालिरहेको छ । ल्याण्डफिल साइडको डिजाइन तयार भइरहेको बताइएको छ । उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख विराट घिमिरेले फोहोरमैला व्यवस्था पन स्रोत केन्द्र काठमाडौँले साइडको डिजाइन गरेको जानकारी दिए । ‘ल्याण्डफिल साइड भए भरतपुर उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा अझ फड्को मार्ने थियो’ फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र काठमाडौँका कानुनी अधिकृत दीपेन्द्र ओलीले भने ।
टोलसुधार समितिलाई परिचालन ।
भरतपुर उपमहानगरपालिकाले भरतपुरलाई सफा सहर बनाउन टोलसुधार समितिलाई परिचालन गरेको छ । भरतपुर वडा नं। ७ लाई वातावरण मैत्री बनाएको छ । भरतपुर ११ पनि वातावरण मैत्री घोषणा गर्ने तयारी गरिएको छ । उपमहानगरपालिकाले विभिन्न टोलमा फोहोर व्यवस्थापन सामग्रीहरु बाँडेको छ र चेतना पनि । 
फोहोर उठाउन जाँदा गाडीमा फोहोर नफाल्ने, अनि गाडी गएपछि बाटोमा फोहोर फालेर नगरलाई दुर्गन्धित बनाउने हरुलाई के गर्न सकिन्छ रु’ वातावरण शाखा प्रमुख घिमिरेले भने, ‘चेतना हुँदा हुँदै पनि मानिस किन यस्तो गरिरहेका छन् रु बुझ्न सकिएको छैन । मोटरसाइकलमा राति आएर बाटोमा फोहोर फालेर जान्छन्, यस्तो अवस्थामा उपमहानगरपालिकाले के गर्न सक्छ रु यस्तो अवस्थामा टोलवासीको भूमिका बढी हुन्छ ।
 चौबिसकोठी र नारायणगढ मा फोहोर बढी पछिल्लो समय स्थानीय गाडीहरु चौबिसकोठीमा रोकिन थालेपछि सो क्षेत्रमा बढी फोहोर देखिएको छ । नारायणगढका भित्री सडक का ढलहरु फुटेर फोहोर यत्रतत्र छरिएका छन् । चौबिसकोठीमा एकातिर एयरपोर्ट अर्को तिर व्यारेक छ । ‘दुबै तिर बस्ती नभएकाले सो क्षेत्रमा राति कुखुराको भुत्ला लगायतका फोहोर फालिएको छ’वातावरण प्रमुख घिमिरेले भने, अब रातिमा गस्ती गर्ने कर्मचारी राखेर जरिबाना गर्ने नियम लगाउनुपर्ला जस्तो छ ।
 चेतना हुँदा हुँदै पनि फोहोर फालेर दानवीय व्यवहार देखाउन हुँदैन ।’ उनले विकासका बजेट परेपछि फुटेका ढलहरु निर्माण हुने बताए । शनिबारबाहेक लायन्सचोकदेखि पुल्चोकसम्म दिनहुँ बढार्ने काम भएको पनि उनले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: