
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले सदनमा टेबल गरेको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा सफल नहुने दाबी गरेका छन्।
नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति स्याङ्जाद्वारा आयोजित संविधानको कार्यान्वयनमा जनपरिचालन अभियानलाई आज वालिङमा सम्बोधन गर्दै उपाध्यक्ष रावलले मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले अगाडि सारेको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने अडान झनै खतरनाक भएको बताए।
“संविधान संशोधन प्रस्ताव परिमार्जन गर्ने कुरा आफैँमा प्रस्ट छैन,”– उनले भने– “संविधान संशोधन प्रस्ताव नेपालको राष्ट्रिय हितमा नभई बाह्य शक्तिको दबाबमा आएकाले संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन दिन्नौँ।”
सरकारले अहिले संविधानको कार्यान्वयनका लागि निर्वाचनको मिति तय गर्नुपर्ने बेलामा उदासीनता देखाएर संविधान संशोधनको प्रस्ताव गरेर बेमौसमको बाजा बजाएको नेता रावलको भनाइ थियो। “नेपाली काँग्रेसले माओवादी केन्द्रलाई साथमा लिई संविधान संशोधनको कुरा उठाएर देशमाथि घात गरेको छ,” उनले भने।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्