×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज भुकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइदै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आज भुकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइदै

२ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

 काठमाडौं  – आज १९ औं भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । भूकम्पबाट हुने क्षति कम गर्न जनचेतनामूक कार्यक्रम गरी सरकारले आज काठमाडौंको साँखुमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।
२०७२ साल वैसाख १२ गतेको विनाशकारी भूकम्पबाट धेरै जनधनको क्षति भएको काठमाडौंको साँखुमा ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने नाराका साथ भूकम्प सुरक्षा दिवस मनाईंदै छ ।
आज विहान ११ बजेर ५५ मिनेटमा सरकारी प्रतिनिधिहरुको सहभागिता जनचेतनामूलक कार्यक्रमसँगै भूकम्पप्रतिरोधी सामग्रीको प्रदर्शनी गरिने छ । प्रदर्शनी पाँच दिनसम्म चल्ने बताइएको छ ।
१९९० सालको विनाशकारी भूकम्पले ठूलो मात्रामा जनधनको क्षति गरेको स्मृतिसँगै भूकम्प प्रतिरोधी संरचना निर्माण गरी भूकम्पबाट हुने क्षति कम गर्न यो दिवस मनाईँदै आएको छ । २०५६ सालदेखि माघ २ गतेलाई सरकारी स्तरबाटै भूकम्प सुरक्षा दिवसका रुपमा मनाउने गरिएको छ ।
यद्यपि २०५६ सालदेखि निरन्तर भूकम्प सुरक्षा दिवस मनाउन थालिएको भए पनि त्यसले कुनै उपलव्धी हाँसिल गरेको छैन । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पमा यस अघि सुरु गरिएका घुँडा टेकि गुडुल्कि जस्ता प्राविधिक उपायले क्षतिलाई रोक्न सकेनन् ।
 सरकारले ध्वंश संरचनाको पुनर्निमाणमा तदारुकता देखाएको छैन । पालमुनि वसेका मानिसहरुलाई वैकल्पिक व्यवस्था अझै हुन सकेको छैन ।
वर्सेनि मनाइने भूकम्प सुरक्षा दिवस औपचारिकतामा मात्रै सीमित भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: