Skip to content
LAXMI SUNRISE BANK

काम गर्न विदेश जानेको संख्या वर्षेनी घट्दै

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा उल्लेख्य कमी आएको छ। चालु आर्थिक वर्षको मंसिरसम्ममा गत वर्ष भन्दा १५ हजार ४ सय ९५ जना कम नेपाली विदेश गएका हुन्। आर्थिक वर्ष २०७२ /७३ को साउनदेखि मंसिरसम्ममा १ लाख ७४ हजार ९ सय २६ जना नेपाली विदेश गएका थिए।
 तर आर्थिक वर्ष २०७३/ ७४ मा १ लाख ५९ हजार ४ सय ३१ जना नेपाली मात्र विदेश गएका नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख गरिएको छ।
चालु आर्थिक वर्षमा सबैभन्दा धेरै साउन महिनामा ३५ हजार ४ सय ८५ जना नेपाली विदेश गएका छन्।मंसिर महिनामा ३३ हजार ६ सय ५० जना विदेश गएका छन्। गत आर्थिक वर्षको मंसिर महिनामा ३८ हजार ३ सय ५० जना रोजगारीका लागि विदेश गएका वैदेशिक रोजगार विभागले जनाएको छ। 
बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेसंगै त्यसको प्रभाव रेमिट्यान्समा पनि परेको छ। विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्सको वृद्धिदर ज्यादै न्युन रहेको छ। यसवर्षको साउनदेखि मंसिरसम्म विदेशमा रहेका नेपालीहरुले २ खर्ब ८७ अर्ब ६६ करोड रुपैयाँ नेपाल पठाएका छन्। 
यो रकम गत वर्ष यसै अवधीमा नेपाल भित्रिएको रेमिट्यान्स भन्दा जम्मा ६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यसै अवधीमा विदेशमा रहेका नेपालीले पठाउने रकम १९ प्रतिशतले बढेको थियो। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK