
काठमाडौं – केन्द्रीय प्रशारण लाइनमा बुधबारदेखि २५ मेगावाट विजुली थपिने भएको छ। ढल्केवर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत प्राधिकरणले भारतबाट सम्झौता भन्दा कम जम्मा २५ मेगावाट मात्र विजुली ल्याउन लागेको हो।
बुधबारदेखि २५ मेगावाट विजुली थप हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ढल्केवर मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइनको पूर्ण क्षमता अनुरुप ४० मेगावाट विद्युत आयात गरे विजुली फ्लक्चुयट भइरहने भएकाले प्राविधिक रुपमा समस्या आउन नदिन हाललाई १५ मेगावाट कम विजुली आयात हुने उनले स्पष्ट पारे। ुसम्झौता अनुसार कम विजुली आयात भएपनि अब लोडसेडिङ हुँदैनु उनले थपे। तर उनका अनुसार रक्सौल( परवानीपुर तथा कसाहा कटैया प्रसारण लाइन बनेपछि भने चाहिएको खण्डमा थप विजुली आयात गर्न सकिनेछ।
भारतबाट ३ सय ५५ मेगावाट विजुली आयात भएकोमा बुधबारदेखि थपिएर तीन सय ८० मेगवाट पुग्नेछ। गत वर्ष ३ सय ४७ मेगावाटसम्म विजुली आयात भएको थियो। नदीको पानी घटेर विजुली उत्पादनमा केही कमी आएपनि पछिल्लो समयमा माग नबढेकाले लोडसेडिङ व्यवस्थापन हुनेमा प्राधिकरण ढुक्क छ। हाल समग्र विद्युत प्रणालीमा अझै ३ सय ९९ मेगावाट विजुली अपुग छ तर आधारभूत रुपमा लोडसेडिङ हटेको छ। माघ, फागुन, चैत र वैशाखमा माग अनुसार विजुली अपुग भएपनि लोडसेडिङ भने नहुने निश्चित भएको घिसिङले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्