
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – बिजुलीको मिटर रिड गर्ने बेला पनि नेपाल विद्युत प्राधिकरणबाट मिटर रिडर आएनन् भने धन्दा नमान्नुहोस्, अब आफ्नो घरको बिजुलीको लागि तपाइँ आफैं मिटर रिडर बन्न सक्नुहुन्छ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आफ्नो मिटरमा उठेको अंक टिपेर महसुल बुझाउने काउन्टरमा भुक्तानी गरि ‘रिबेट’ समेत लिन सर्वसाधारणलाई अनुरोध गरेको हो।
बिजुली चोरी बिरुद्ध अभियान सुरु गरेसँगै प्राधिकरणले हालै २५ सय हाराहारी मिटर रिडरको सरुवा गरेको थियो। उनीहरु खटाइएको कार्यालयमा नजाने भन्दै घुर्की लगाइ रहेका छन्।
खटाएको ठाउँमा नगए पुरानै कार्यालय अन्तर्गत मिटर रिडिङ गर्न उनीहरुलाई प्राधिकरणले दिने छैन। त्यसैले स्वयं उपभोक्तालाई रिडिङका गर्न अनुरोध गरेको हो।

केहि दिन अघि ग्राहकसँगको मिलेमतोमा उठेको भन्दा कम शुल्क लिने र मिटर बिगारेर थोरै मात्र बिजुली खपत देखाइदिने प्राधिकरणका दर्जन मिटर रिडर एवं प्राविधिक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो। सोही घटनापछि चोरीमा संलग्नको नेक्सस तोड्न प्राधिकरणले देशैभरका मिटर रिडरहरुको सरुवा गरेको हो।
बिजुली चोरीमा संलग्न मिटर रिडर मात्र होइन उपभोक्तालाई पनि कडा कारबाही गर्ने प्राधिकरणको तयारी छ। चार दिन अघि १२ कर्मचारीसँगै चार जना व्यवसायी पनि पक्राउ परेका थिए।
बिजुली चोरीमा संलग्न व्यवसायी माथि आगामी दिनमा पनि निरन्तर छानविन हुने प्राधिकरण स्रोतले जानकारी दियो।
प्राधिकरणले बितरण गर्नेमध्ये २६ प्रतिशत बिजुली चुहावट हुँदै आएको छ। त्यसमध्ये आधाबढी चोरी हुने गरेको प्राधिकरण व्यवस्थापनको निश्कर्ष छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्