
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाले ग्राहकसँग मिलेर विद्युत चोरी गरेको आरोपमा नेपाल विद्युत प्राधिकरणका थप तीन जना कर्मचारी पक्राउ गरेको छ।
यस अगाडि पक्राउ परेका १२ कर्मचारी र ४ व्यापारीको सुचनाको आधारमा महाशाखाले पदमराज जोशी सहित ३ जनालाई पक्राउ गरेको हो।
स्रोतका अनुसार पक्राउ परेका तीनै जना मिटर रिडर हुन्। उनीहरुले ग्राहकसँग मिलेमतो गरी विल अनुसार विद्युत महसुल नउठाई रकम लिएर विद्युत चोरीमा सघाउने गरेको खुलेपछि महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो।
महाशाखाले यस अगाडि व्यापारी र ग्राहकसँग मिलेर विद्युत चोरी गराउने गरेको र सो वापत ५ लाख रुपैंयासम्म असुल्ने गरेको अभियोगमा प्राधिकरणका बहालवाला र अवकासप्राप्त कर्मचारीसँगै उनीहरुसँग मिलेमतो गरी विद्युत चोरी गरेको अभियोगमा ४ जना व्यापारी पक्राउ गरेको थियो।
महाशाखाले मिटर रिडर महादेव प्रधान, ओम ढुंगाना र मनिज श्रेष्ठ, सुपरभाइजर सुमन श्रेष्ठ, वरिष्ठ सहायक दिलबहादुर साउद, पूर्व कर्मचारी टहलबहादुर कार्की लगायतकालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्