
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीमा संलग्न भएको भनिएका २३ जनालाई बुधबार राति विद्युतीय उपकरणसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३ महिला र २० पुरुष रहेका छन्। पक्राउ पर्नेमा शरणामती, टेक्रा र सुरुङ्गा क्षेत्रका बासिन्दा छन्।
विद्युत् प्रसारण लाइनमा तार जोडेर मोटर चलाइरहेको र घरमा जोडिएको मिटरबाट विद्युत् बाइपास गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्राधिकरण अनारमनी केन्द्रका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए। इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी सहितको टोलीले उनीहरुका साथबाट दुई र तीन हर्स पावरका दुई दुई वटा पानी तान्न प्रयोग गरिएका ठूला मोटर र घरमा जडित केही थान मिटरसमेत बरामद गरेको छ।
अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा राखिएको छ। रातको समयमा विद्युत् चोरी गरी मकै र गहुँमा सिँचाइ गर्दागर्दै उनीहरुलाई पक्राउ गरिएको बताइएको छ। पछिल्लो समय प्राधिकरणले विद्युत् चोरीमा संलग्न एक सय सात जनालाई पक्राउ गरी कारबाही गरेको छ।
अभियुक्तलाई विद्युत् चुहावट नियन्त्रण ऐन, २०४९ अनुसार कारबाही गरिने बताइएको छ। सिंहका अनुसार विद्युत् चोरीमा संलग्नमध्ये खपतको अवस्था हेरेर ३ हजारदेखि २ लाख ५ हजारसम्म जरिवाना हुने व्यवस्था छ। यसअघि विद्युत् चोरी गरेर राइसमिल सञ्चालन गर्ने खुदुनाबारीका एक व्यक्तिलाई २ लाख ५ हजार जरिवाना गरिएको प्राधिकरण प्रमुख सिंहले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्