×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाईकमा केटी च्याप्दै, पुलिस कुट्दै राष्ट्रपति कार्यालयका कर्मचारी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बाईकमा केटी च्याप्दै, पुलिस कुट्दै राष्ट्रपति कार्यालयका कर्मचारी

२७ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – अल्लारे बैंस अनि सर्वोच्च निकायको जागिर  यति भएपछि अचेलका ठिटालाई के चाहियो रु जोशैजोशमा उम्लने राष्ट्रपति कार्यालयका कर्मचारी हिरासतको हावा खान पुगेका छन् ।
नाम हो जोन लिम्बू । उमेर २३ वर्ष । २३ गतेका दिन मोटरसाइकलको पछिल्तिर केटीलाई लोड गरेर पोखराको ‘डेभिड फल्स’ घुम्न लाग्ने क्रममा दुई जना प्रहरीमाथि हातपात गर्दा सार्वजनिक अपराधअन्तर्गत म्याद थपी अस्ति उनलाई खोरमा थुनिएको छ ।
घोरेपाटन चौकीअगाडि ‘नो पार्किङ’ लेखिएको ठाउँमा बाइक नराख्नु भन्दाभन्दै ‘मलाई चिन्या छौँ ’ भनी हेण्डल लक गरेपछि हवल्दार अमर बिक र ट्रफिक प्रहरी जवान कमल चौधरीसँग झडप परेको हो ।
लाइसेन्स माग्दा परपरबाटै राष्ट्रपति कार्यालयको परिचयपत्र देखाउन थालेपछि विवादले उग्ररूप लिएको बताइन्छ । सोही क्रममा लिम्बूले सिपाहीलाई आँखामा र हवल्दारलाई गुप्तांगमा लात्ती, मुड्की हानेको प्रहरी जाहेरी छ ।
बैदाम चौकीबाट लगत्तै घटनास्थल पुगेका प्रहरीले उनको सक्कली परिचय पाएपछि सिपाहीहरूको औषधोपचार गरिदिने शर्तमा मेलमिलाप गराइका थिए ।
तर, भोलिपल्ट ती सिपाही ‘मोरालको कुरा छ, पहुँचवालालाई जे गल्ती गर्दा पनि सोर्स फोर्सको आधारमा छाड्दै जाने हो भने हामीले किन मरेर ड्युटी गर्नु ’ भन्दै सुन्निएको आँखा लिएर जिल्ला प्रहरी प्रमुख घनश्याम अर्यालसमक्ष रोइकराइ गर्न पुगेपछि लिम्बूलाई पुनः हिरासतमा लिएर सिडिओ कार्यालयबाट म्याद थप गरिएको हो ।
त्यसदिन झडप चल्दाचल्दै लिम्बूसँग गएकी केटी भने फुत्त गायब भएको प्रत्यक्षदर्शी बताउँछन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: