×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विमलेन्द्र निधिलाई ‘टक्कर’ दिन आइपुगे वरिष्ठ नेता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विमलेन्द्र निधिलाई ‘टक्कर’ दिन आइपुगे वरिष्ठ नेता

२७ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी तथा सदस्य पदपूर्तिको विषय नयाँ चरणमा प्रवेश गरेको छ । गत वर्ष तेह्रौँँ महाधिवेशनको पूर्वसन्ध्यामा सभापति पदका तत्कालिक उम्मेदवार शेरबहादुर देउवा र नेता खुमबहादुर खड्काबीच छलफल भई दुई नेताहरू एउटा सहमतिमा पुगेका थिए ।
सहमतिअनुसार खड्काले सभापति बन्न देउवालाई सहयोग गर्ने र सभपातिमा निर्वाचित भइसकेपछि देउवाले खड्कालाई उपसभापति पदमा र खड्काको सिफारिसमा दशजनालाई केन्द्रीय समितिको सदस्यमा नियुक्त गर्नपर्ने थियो । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।
त्यस्तो अवस्थामा विमलेन्द्र निधिलाई महामन्त्री बनाउने निश्चित थियो । तर, महाविधेशनमा देउवा विजयी बनेपछि परिस्थिति र नेताहरूको मनिस्थति एकाएक बदलिएको छ ।
नेता खुमबहादुर खड्कालाई उपसभपाति बनाउन नसकिने र उनको पसिफारिसमा दशजनालाई केन्द्रीय सदस्य बनाउन पनि नसक्ने जानकारी देउवाले दिइसकेको छन् ।
यसरी खड्कालाई उपसभाति मनोनयन गर्न नसकिने जानकारी गराएलगत्तै गत कात्तिक २५ गते सभापति देउवा र नेता खड्काबीच तत्काल तीनजना केन्द्रीय सदस्य मनोनीत गर्ने र पन्ध्र दिनभित्र अर्का नेता पूर्णबहादुर खड्कालाई महामन्त्री चयन गर्ने सहमति बनेको थियो ।
सभापति देउवा तथा नेताहरू खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, शंकर भण्डारी र पुष्पा भुसाललगायत छलफल गरेर बनाएको उक्त समहमति पनि कार्यान्वयन हुन सकेन ।
अब पाका नेता गोपालमान श्रेष्ठलाई उपसभापति, नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई महामन्त्री र पुष्पा भुसालाई सहमहामन्त्री बनाउने नयाँ प्रयास आरम्भ भएको बुझिएको छ । यसबीचमा अर्जुन जोशीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको छ ।
तर, गोपालमान श्रेष्ठलाई मनोनीत गर्न पनि मस्किल परिरहेको बताइन्छ । गोपालमानले मात्रै विमलेन्द्र निधिलाई कांग्रेसभित्र टक्कर दिन सक्ने छन् ।
देउवा गुटभित्र गोपालमान बलियो नेताका रुपमा चिनिन्छन् । उता मनोनीत हुनुपर्ने पदाधिकारहरूमध्ये एकमा रामचन्द्र पौडेलको पनि दाबी रहने सम्भावना छ ।
खुमबहादुर खड्का असन्तुष्ट रहेको र पौडेल पक्षसमेत असहमत भएको अवस्थामा सभपाति देउवाद्वारा गरिने नियुक्ति केन्द्रीय समितिबाट अनुमोदन हुन सक्ने सम्भावना ज्न्यादै कम देखिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: