Skip to content
LAXMI SUNRISE BANK

घिनलाग्दो राजनीति गरेको भन्दै एमालेमाथि खनिए निधि

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले तीनवटै निर्वाचन संविधान संशोधनपछि मात्र हुने बताएका छन्। पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको सहिद स्मारक आवासीय माविको रजत जयन्ती समारोहको समापन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै निधिले संविधान संशोधन र चुनाव छिट्टै हुने भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए। 
संविधान संशोधन गरेर चुनाव गराउने सरकारको प्रमुख एजेण्डा छ, यसका लागि तपाईंहरु तयारी अवस्थामा रहनुहोला,ुमन्त्री निधिले भने, चुनावको मिति जुनसुकै बेला पनि घोषणा हुनसक्छ। साथै निधिले एमालेले एउटा भूगोलका जनतामाथि अविश्वास फैलाएर हिमाल, पहाड र तराईबीच दूरी बढाउने खतरनाक र घिनलाग्दो राजनीति गरेको आरोप लगाए। 
प्रतिपक्षी एमालेले देशमा एउटा भू(भागका जनतामाथि अविश्वास सिर्जना गरेर हिमाल, पहाड र तराईबीच दूरी फैलाउन खोजेको छ,उनले भने, यो निकै खतरनाक र घिनलाग्दो राजनीति हो। आफ्नो सम्बोधनको अधिकांश समय एमालेको आलोचनामा खर्चिएका निधिले चुनाव नजित्ने डरले एमाले भ्रम फैलाउन लागि परेको आरोप लगाए। 
आफ्नो पालामा केही काम गर्न नसकेको एमाले काँग्रेस(माओवादी सरकारले गरेको कामबाट डराएर भ्रम छर्न लागिपरेको उनको टिप्पणी छ। निधिले आइतबार नै जनआन्दोलन २०६२र०६३ का सहिद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण पनि गरे। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK