×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईजीलाई गृहमन्त्रीको निर्देशन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आईजीलाई गृहमन्त्रीको निर्देशन

२ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो  मन्त्रालयका सचिव लोकदर्शन रेग्मीमार्फत् नेपाल प्रहरीका महानिर्देशक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जुकुमार राईलाई एउटा सन्देश पठाएछन् । दुईवटा हेलिकोप्टर किन्न बजेट माग गरेर ।
एउटा एमआई १७ र अर्को ६ सिटे हेलिकोप्टर किन्नुपयो भनेर बजेट माग्नु, म बजेट मिलाइदिन्छु । गृहमन्त्रीको त्यस्तो सन्देशबाट हत्कडी काण्ड र जनआन्दोलन दमन काण्डमा चर्चाको शिखरमा पुगेका सशस्त्रका आईजीपी राई उत्साहित बनेका छन् अरे तर नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालले बाँकी दुईमहिने कार्यकालमा त्यस्तो कुकृत्य नगर्ने जवाफ दिए अरे । अरेका कुरा गर्न पाइँदैन । गरिन्न पनि ।
अहिलेको आईजीपी फाल्ने हल्ला माफियाको जुठोपुँडोको नारा मात्र रहेछ । जनमञ्च साप्तहिकबाट साभार गरिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: