
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा १२ अर्ब ११ करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले पुस मसान्तसम्मको अवधिमा ११ अर्ब ८५ करोड ७४ लाख रूपैँया संकलन गर्ने लक्ष्य राखेको थियो।
कुल राजश्व लक्ष्यभन्दा बढी असुल भए पनि भन्सारतर्फको लक्ष्य भने पूरा भएन। मूल्य अभिबृद्धि कर बढी सङ्कलन भएकाले कुल लक्ष्य पूरा भएको हो। अन्तःशुल्क पनि लक्ष्यअनुसार असुली भएको छैन ।
गत पुस मसान्तसम्ममा कार्यालयले भन्सार महसुलबाट मात्र ५ अर्ब १० करोड ५३ लाख असुल गर्ने लक्ष्य राखेकोमा ४ अर्ब ६६ करोड मात्र अर्थात् ९१ प्रतिशतमात्र असुली भएको छ। भारत सरकारले गरेको नोटबन्दीका कारण आयात अवरूद्ध हुँदा भन्सार महसुलको लक्ष्य पुग्न नसकेको कार्यालय प्रमुख कृष्ण बस्नेतले बताए।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा भने भन्सार महसुलको सङ्कलन लक्ष्यभन्दा बढी थियो। नाकाबन्दीका कारण वीरगञ्जबाट आउनुपर्ने अधिकांश मालसामान विराटनगर हुँदै आएकाले भन्सार महसुलको लक्ष्य गत बर्ष पूरा भएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्