
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – दुईवटा मात्रै शेयर दलाल कम्पनीको शाखा रहेको मोरङमा अरू तीन कम्पनी थपिने भएका छन् । तीनमध्ये ५० नम्बरको क्रिस्टल कञ्चनजङ्घा सेक्युरिटीले दुई हप्तापछि विराटनगरमा आफ्नो सेवा सुरु गर्नेछ ।
नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीको सञ्चालनमा रहेको क्रिस्टल सेक्युरिटी फागुनको पहिलो हप्तादेखि विराटनगरमा कार्यरत हुन लागेको हो ।यसअघि विराटनगरमा काम गर्न नसकेर बाहिरिएको १० नम्बरको प्रज्ञान सेक्युरिटिज पनि फर्किने भएको छ । प्रज्ञानका सञ्चालक प्रह्लाद ओली हुन् ।
यसबाहेक नन्दकिशोर मुन्दडा सञ्चालक रहेको श्रीकृष्ण सेक्युरिटिजले पनि विराटनगरमा शाखा खोल्न स्वीकृति पाइसकेको छ ।अध्यक्ष रेग्मीका अनुसार राजधानीमा मात्र केन्द्रित पुँजी बजार यस आर्थिक वर्षदेखि थप विस्तारको क्रममा छ ।
कृषि विकास बैङ्क र विभिन्न हाइड्रो पावरको सेयर खरिदविक्रीले नेपालमा गाउँगाउँको स्तरसम्म सेयरको चेतना पुगेको उल्लेख गर्दै रेग्मीले राजधानीबाहिरको पुँजी बजारलाई समेट्नु आवश्यक रहेको बताए ।
उनका अनुसार इटहरीमा ४, धरानमा २, दमकमा १, बिर्तामोडमा ४ र विराटनगरमा ५ गरी निकट भविष्यमै अब सेयर दलालका १६ कम्पनी पूर्वाञ्चलमा सञ्चालित हुनेछन् ।
रेग्मीले सेयरका ससाना कारोबारीलाई कम्पनीले वास्ता नगरेको गुनासो आइरहेको स्मरण गर्दै आफ्नो कम्पनीले यसो नगर्ने वचनबद्धता प्रकट गरे ।
प्रियराजले नेपालमा पुँजी बजारको सुरुआत विराटनगरबाटै भएको जानकारी दिए ।
उनका अनुसार १९९३ सालमा पहिलो उद्योगका रूपमा स्थापना भएको विराटनगर जुट मिल्सले सर्वसाधारणलाई सेयर दिएर पुँजी बजारको आरम्भ गरेको हो । त्यस्तै यही उद्योगको कारोबारलाई सुविधा दिन १९९४ सालमा खुलेको नेपाल बैङ्क लिमिटेडले पनि सर्वसाधारणलाई सेयर दिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्