
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो छ महिनामा लक्ष्यभन्दा तीन अर्ब रुपैयाँ बढि राजश्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकृत मोहनराज भट्टले चालु आर्थिक बर्षको पहिलो छ महिनासम्म लक्ष्य भन्दा बढी नै राजश्व संकलन गर्न वीरगञ्ज भन्सार सफल भएको बताए।
साउनदेखि पुस महिनासम्ममा वीरगञ्ज भन्सारले ५२ अर्ब ११ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेकोमा ५५ अर्ब १८ करोड रुपैयाँ राजश्व संकलन भएको उनले जानकारी दिए । आउँदा दिनमा कुनै बाधा अवरोध नभए कार्यालयले यस बर्षको राजश्व असूली लक्ष्य सहजै भेट्टाउने भट्टले बताए।
राजश्वमा योगदान दिने मुख्य बस्तुहरु इन्धन र सवारी साधनको आयात उत्साहजनक रुपमा भैरहेको तथा औद्योगिक कच्चा पदार्थ तथा अन्य दैनिक उपभोग्य बस्तु पनि नियमित रुपमै आयात भैरहेकाले राजश्व असूली लक्ष्य भेट्टाउन सहज भएको सूचना अधिकृत भट्टले बताए।
त्यसै गरी वीरगंज भन्सार कार्यालय एक्लैले पुस मसान्तमा मात्रै २३ करोड लक्ष्यभन्दा बढि राजश्व संकलन गरेको छ। यो महिनामा आठ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ राजश्व असुलीको लक्ष्य पाएकोमा कार्यालयले पुस महिनामा मात्रै आठ अर्ब ८९ करोड ११ लाख रुपैयाँ राजश्व संकलन गरेको हो। कार्यालयले लक्ष्यभन्दा बढि उठाएको २३ करोड राजश्व मासिक राजश्व असूली लक्ष्यको करीब तीन प्रतिशत बढी हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्