Skip to content
LAXMI SUNRISE BANK

अर्थमन्त्रीको ठाडो निर्देशनमा अनलाइन ट्रेडिङ सिष्टम ल्याउने प्रक्रिया भोलिबाट सुरु हुँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – बजार निरन्तर ओरालो लागेपछि चर्को दवावकाबीच अर्थमन्त्रीको ठाडो निर्देशनमा अनलाइन सिष्टम ल्याउने प्रक्रिया भोलिबाट सुरु हुने भएको छ । अर्थमन्त्रालय स्रोतले दिएको जानकारी अनुसार भोलिबाट अनलाइन सिष्टम ल्याउने प्रक्रिया कुनै पनि हालतमा सुरु गर्न अर्थमन्त्री कृष्ण बहादुर महराले नेप्से र धीतोपत्रबोर्डका पदाधिकारीहरुलाइ निर्देशन दिएका छन् ।
अर्थमन्त्रीकै ठाडो निर्देशनमा आज बसेको नेप्सेको विशेष बैठकले भोलिबाट नै प्रक्रिया सुरु गर्ने तयारी गरेको छ।
यस विषयमा औपचारिक जानकारी सम्भवत: भोलि नेप्सेको वेव साइटमा अपलोड हुने नेप्से स्रोतले जानकारी दिएको छ ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK