×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनमा सवैभन्दा लामो वुलेट ट्रेन सांग्रिला अफ द वल्र्ड सुरु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चीनमा सवैभन्दा लामो वुलेट ट्रेन सांग्रिला अफ द वल्र्ड सुरु

२२ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – चीनले विहिवार सबैभन्दा लामो बुलेट ट्रेन सांग्रिला अफ द वल्र्ड सेवाको सुरुवात गरेको छ । यो हाई स्पिड तिव्र गति को ट्रेन चीनको दक्षिणपश्चिम युनान प्रान्तको राजधानी कुनमिंगबाट केन्द्रीय राजधानी बेइजिंगका लागि सवार भएको छ ।
यस ट्रेनले २७६० किलोमिटर लामो यात्रा १३ घण्टामा पुरा गरेको छ । यस ट्रेनको नाम सांग्रिलाको लोकप्रिय रिजर्टका नाममा राखिएको हो । यस नामको सवैभन्दा पहिलो प्रयोग व्रिटेन उपन्यासकार जेम्स हिल्टनले आफ्नो उपन्यास लास्ट होराइजनमा गरेका थिए ।
कुनमिंगबाट बेइजिंगसम्म ट्रेनको द्धितिय श्रेणिको सीटको टिकटको मुल्य ११४७।५ युआन, १६६ डलर र नेपाली रुपैंया १७ हजार ९ सय २८ रुपैंया पर्न आउँछ । यस अघि चीनमा सबैभन्दा लामो दुरीको बुलेट ट्रेन २२९८ किलोमिटर बेइजिंगदेखि ग्वान्झाउसम्म थियो ।
यो २०१२ मा सञ्चालनमा ल्याइएको थियो । यसका अतिरिक्त चीनमा २० हजार किलोमिटर हाइ स्पिड रेल लाईनका सञ्जाल छन् । जसले अधिकाँश राज्यहरुलाई एकापसमा जोड्ने गर्दछन् ।
सन २०३० सम्म रेल वे लाईनलाई ४५ हजार किलोमिटर पुर्याउने चीन सरकारको लक्ष्य छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: