×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्यानमा उत्साहजकन सहभागिता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

क्यानमा उत्साहजकन सहभागिता

Artha Sarokar

१७ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – क्यानमा उत्साहजकन सहभागिता, इण्टरनेट र क्लियर टिभीको जम्बो अफरमा तानिए सर्वसाधारण भृकुटीमण्डपमा जारी ‘सुविसु क्यान इन्फोटेक’ मेलाको आइतवार चौथो दिनसम्म दुई लाख सात हजार बढीले अवलोकन गरेका छन् ।
प्रदर्शनीको पहिलो दिन ३४ हजार १५४, दोस्रो दिन ३६ हजार ११८ र चौथो दिन आइतवार ६७ हजार २ सय ८ जनाले अवलोकन गरेका थिए । प्रदर्शनीमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको र बालकदेखि वृद्धसम्मको भिडले नेपालमा सूचना प्रविधिप्रति चासो बढेको आयोजक क्यान महासङ्घका महासचिव विश्वराम बलामीले बताए ।     मेलाको आइतवार पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलगायत विभिन्न विशिष्ठ व्यक्तिले अवलोकन गरेका थिए  ।
    
सुविसु केवलनेटले प्रदर्शनीमा ल्याएको इण्टरनेट र क्लियर टिभीको जम्बो अफरमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । सुविसुले मात्र रू ७ हजार ९ सय ९९ मा यो कम्बो अफर ल्याएको हो ।  त्यसैगरी सामसुङका स्मार्टफोनमा पनि अवलोकनकर्ताको घुइँचो लागेको छ । 
यसपटकको इन्फोटेकमा ग्याजेट्सहरूको रौनक देखिएको छ । सामसुङका अतिरिक्त हुवावे, ओप्पो, मेइजु, लेनोभो, माइक्रोम्याक्स, वानप्लस, एमआइ, ब्लाकभ्यूलगायतका कक्षमा अवलोकनकर्ताको भीड देखिएको छ । 
त्यसैगरी इण्टरनेट सेवाप्रदायक कम्पनी भायनेट, वेबसर्फरका साथमा नेपाल टेलिकमको फोर जी अफरमा विशेष आकर्षण रहेको क्यान महासङ्घको विज्ञप्तिमा बताइएको  छ । प्रदर्शनमा विभिन्न हार्डवेयर र सफ्वेयर गरी १ सय ५८ कम्पनीका २ सय २२ कक्ष रहेका छन् । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी