
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सुबिसु क्यान इन्फोटेक–२०१७ आगामी माघ १३ देखि १८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुने भएको छ ।क्यान महासङ्घले बुधबार यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा सूचना प्रविधिसम्बन्धी दुईसय २२ स्टल मेलामा रहने जानकारी दिइयो ।
मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीलाई रु ५० तोकिएको महासङ्घका महासचिव विश्वराम बलामीले जानकारी दिए । अवलोकनकर्ताले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाउने आयोजकले बताएका छन् ।
कम्प्युटर, इन्टरनेट, कम्प्युटर हार्डवेयर, सफ्टवेयर, टेलिफोन तथा मोबाइल फोन कम्पनीले पनि मेलामा आकर्षक छुट लिएर आउने आयोजकले बताए । अनलाइन टिकट खरिदको अग्रिम रुपमा व्यवस्था मिलाइनेछ तथा अनलाइन टिकट खरिदमा २० प्रतिशत छुटसमेत प्रदान गरिने पत्रकारसम्मेलनमा जानकारी दिइयो ।
मेलामा कम्प्युटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स र अन्य स्टल रहनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्