
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – भृकुटीमण्डपमा जारी ‘सुविसु क्यान इन्फोटेक’ मेलाको चौथो दिनसम्म दुई लाख सात हजार बढीले अवलोकन गरेका छन्। प्रदर्शनीको पहिलो दिन ३४ हजार १५४ दोस्रो दिन ३६ हजार ११८ र चौथो दिन आज ६७ हजार २०८ जनाले अवलोकन गरेका थिए।
प्रदर्शनीमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको र बालकदेखि वृद्धसम्मको भिडले नेपालमा सूचना प्रविधिप्रति चासो बढेको आयोजक क्यान महासङ्घका महासचिव विश्वराम बलामीले बताए।
मेलाको आज पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलगायत विभिन्न विशिष्ठ व्यक्तिले अवलोकन गरेका थिए।सुविसु केवलनेटले प्रदर्शनीमा ल्याएको इन्टरनेट र क्लियर टिभीको जम्बो अफरमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । सुविसुले मात्र ७९९९ मा यो कम्बो अफर ल्याएको हो।
त्यसैगरी सामसुङका स्मार्टफोनमा पनि अवलोकनकर्ताको घुइँचो लागेको छ । यसपटकको इन्फोटेकमा ग्याजेट्सहरुको रौनक देखिएको छ । सामसुङका अतिरिक्त हुवावे, ओप्पो, मेइजु, लेनोभो, माइक्रोम्याक्स, वानप्लस, एमआइ, ब्लाकभ्यूलगायतका कक्षमा अवलोकनकर्ताको भीड देखिएको छ।
त्यसैगरी इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेट, वेबसर्फरका साथमा नेपाल टेलिकमको फोर जी अफरमा विशेष आकर्षण रहेको क्यान महासङ्घको विज्ञप्तिमा जनाइएको छ। प्रदर्शनमा विभिन्न हार्डवेयर र सफ्वेयर गरी १५८ कम्पनीका २२२ कक्ष रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्