×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिजी इलेक्ट्रोनिक्सको १०औं बार्षिकोत्सव

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिजी इलेक्ट्रोनिक्सको १०औं बार्षिकोत्सव

१७ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – एक दशक अघि दुर्इ किसिमको टिभीहरुको लन्च गरेर बजारमा आएको सिजीले एलइडी टिभी सेगमेन्टमा ६५ इन्चको अल्ट्रा हाई डेफिनिशन एचडी टिभी बजारमा ल्याएको छ । सिजी ब्राण्डले नयाँ टेलिभिजन लन्च गरी आफ्नो दशौं वार्षिक उत्सव मनाएको हो  ।
देशभरका तीनसय भन्दा बढी डिलरहरुको राष्ट्रिय भेला गरी  चौधरी समूहका अध्यक्ष विनोद चौधरीले सिजी ब्राण्डको नयाँ  टेलिभिजन लन्च गरेका थिए । कार्यक्रममा सिजी ब्राण्डको फोरजी नेटवर्कमा आधारित स्मार्ट फोन पनि लन्च गरिएको थियो । 
यसका साथै सिजी ब्राण्डले नयाँ ट्रली स्पिकर र हार्ड टक डोर फ्रिजर पनि चाँडै बजारमा ल्याउने घोषणा गरेको छ ।
करिव दश वर्ष पहिले सिमित दुई मोडलका टिभीहरुबाट सुरु भएको सिजीको अहिलेसम्म २३ किसिमका विभिन्न उत्पादनहरु बजारमा आइसकेका छन् ।
सिजीले टि .भी, विभिन्न घरायसी सामाग्री, विद्युतीय उपकरण र मनोरञ्जनका वस्तुहरु उत्पादन तथा खरिद बिक्रि गर्दै आएको छ । सिजीको ब्यापार स‌ंजाल देशभर रहेको कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: