×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईजी बन्न दिल्ली दौड !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आईजी बन्न दिल्ली दौड !

२६ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । सरकार परिर्वतन, दलका अध्यक्ष, मन्त्री बन्न नेता पुग्ने दिल्ली, राजनीतिक नियुक्ती हत्याउन पनि दिल्लीको शरणमा जाने प्रथा कुनै नैला भने होईन । तर चेन अफ कमाण्डमा चल्दै आएको फौजी संगठनका उच्च प्रहरी अधिकारी पनि दिल्लीको शरणमा जान थालेपछि नेपाल एक सावैभौम राष्ट्र नभएर भारतको एक प्रदेश झै भएको अनुमान गर्न सकिन्छ भने अर्को तर्फ प्रहरी सगठन कै बदनाम हुन हुन्न भन्न सकिन्न । 
दुर दराजमा राज्यको प्रतिनिधित्व गर्न बन्दुक भिरेर खटिने एक सिपाही त्यसको नेतृत्व हत्याउन आफूमा आत्म विश्वास नभई बिदेशीको शरणमा पाउ मोल्न हिचकिचाउँदै र बिदेशीको आशिर्वादबाट बनेको संगठन प्रमुखबाट देश र जनताले कसरी सुरक्षाको अनुभव गर्न सक्छन् । गंम्भिर प्रश्न उठ्न सक्छ । प्रसङ्ग हो नेपालको २५ आईजीको दाबेदार मानिएका डीआईजी जयबहादुर चन्दको । 
हाल लागूऔंषध नियन्त्रण व्यूरोमा कार्यारत चन्द नेपाल प्रहरीको आगामी आइजी बन्न नेपालका राजनीतिक दल र सरकारलाई दबाद दिनकै लागि नेपाल एयरलाइन्सको आर ए २०५ को जहाजवाट सोमबार विहान ८ः१० वजे दिल्ली उडे । तर खराब मौसमको कारण जहाज दिल्लीमा अवतरण हुन नसकेपछि काठमाडौँ  फिर्ता भयो । फिर्ता जाहज साँझ पाँच बजे दिल्ली उडेको थियो । आगामी फागुण ३ बाट हालका आईजी उपेन्द्रकान्त अर्यालले स्वतः अवकाश पाउने भएपछि भाबी आईजीकोे लागि चलखेल र दौडधुप बढको हो । 
वरियताक्रममा तिन नम्बरमा रहेका चन्दलाई आफूमा र राजनीतिक दलमा विश्वास नभएपछि दिल्लीबाट दबाब दिने रणनीति अनुरूप उनी आफ्ना केही सहयोगी बोकेर पुगेका छन् । पश्चिमका भएकै कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम भजाउँदै उनी आफू आईजीपी हुनेमा आशावादी थिए । तर सभापति देउवा र गृहमन्त्री बिमलेन्द्र निधीले बचन नदिएपछि डीआईजी चन्द देउवा, निधी र लगायतका दलका उच्च नेतालाई दबाब दिन दिल्ली निस्केका हुन् । 
यसका योजनाकार भने आईजी अर्याल भएको स्रोत बताउँछ । भाजपाका उपाध्यक्ष भगतसिंह कोशियारी र अजित डोबाल भेट्ने योजना मुताबिक चन्द दिल्ली निस्केका हुन् । यो रणनीतिमा अर्जुन शाही, राजेश कुमार जोशी र अर्का एक जना भारतीय मुलका व्यापारीले चन्दलाई बोकेका छन् । भगतसिंह कोशियारी नेपाल आउँदा डीआईजी चन्द उनी वसेको होटल पुगेरै सहयोगको याचना गरेका थिए । 
यसपटक पनि चन्दले भगतसिंह कोशियारी कै सहयोगमा भारतका उच्च अधिकारीलाई भेट्ने तयारीमा रहेको स्रोतको दावी छ । पूर्व आईजीपी रमेश चन्द ठकुरीका बहिनी ज्वाई समेत रहेका अर्जुन शाही आफुलाई भारतीय संस्थापनको विश्वासिलो मान्छेको रूपमा नेपालमा चिनाउँदै आएका छन् । शाहीसँगै व्यपारी राजेश कुमार जोशी र भारतीय मुलका अर्का एक जनापनि चन्दलाई आईजी बनाउने लबिङ अनुरूप दिल्ली लागेका छन् । 
उनीहरूले भारतीय गृहमन्त्री राजनाथ सिंह र उनका सुरक्षा सल्लाहकार अजित डोभाललाई भेटेर नेपालको राजनितिक नेतृत्वलाई दवाव दिने योजना बनाएको उच्च स्रोतको दावी छ । दिल्लीमा भेटघाटको प्रवन्ध भने देहरादुनमा रहेका नेपाली मुलका भारतीय सुर्य शाहीले मिलाएका छन् । उनी भारतीय गृहमन्त्री राजनाथ सिंहका सम्धी नारायणसिंह राणाका निकट मानिन्छन् । जनप्रहार साप्ताहिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: