
काठमाडौं – चन्द्रागिरि हिल्सले केवलकार चढन् जानेका लागि निशुल्क बससेवा शुरु गरेको छ । चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सेवाको एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन् । निशुल्क बस सेवाको शुरुसँगै चन्द्रागिरिमा रहेको भालेश्वर महादेवको दर्शन तथा सो स्थानमा घुम्न आउने पर्यटकका लागि थप सहज हुने अध्यक्ष ढकालले बताए ।
चन्द्रागिरि हिल्सले चन्द्रागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएको निशुल्क बस सेवा संचालनमा ल्याएको हो ।, उक्त सेवा प्रत्येक दिन विहान साढे सात बजे महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् । कम्पनीले हाललाई दुई ओटा बस संचालनमा ल्याएको छ ।
महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँ बसपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरि जानेछ । साथै सोही रुट हुँदै फर्कने समेत चन्द्रागिरि हिल्सले जानकारी दिएको छ ।
कम्पनीले चन्द्रागिरि केवलकारको टिकट उपत्यकामा रहेका सवै आईएमई सेन्टर तथा भाटभटेनी सुपरमार्केटबाट लिन सकिने व्यवस्था गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्