
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – झापाको दक्षिणी नाका भद्रपुर छोटी भन्सार तस्करीको अखडा बन्दा राजस्व सङ्कलनमा नकारात्मक प्रभाव पर्न थालेको छ। छोटी भन्सारबाट आउनुपर्ने सामग्रीहरू पछिल्ला २ महिनायता नयाँबजार, आँपगाछी, भीमनगर, पाठामारी पृथ्वीनगर, केचना र घेरावारी जलथल हुँदै नेपाल भित्रिरहेका छन् ।
भारतीय बजारबाट यो नाका हुँदै आउनुपर्ने कपडा, सुर्ती, किटनाशक विषादि, जुत्ता–चप्पल र मेसिनरी पार्टपुर्जा अवैध बाटोबाट भित्रिन थालेपछि भन्सार राजस्वमा गिरावट आएको हो । यस्तै नेपालबाट काठ, सुरपारीजस्ता वस्तु भारत तस्करी हुने गरेको छ ।
सिजनमा मासिक ३ करोड रुपैयाँभन्दा माथि राजस्व सङ्कलन गर्ने गरेको भद्रपुर छोटी भन्सारले पनि कात्तिक महिनायता २ करोड कटाउन सकेको छैन । मङ्सिरमा १ करोड १२ लाख उठेको भन्सारमा पुस महिनाको २७ गतेसम्म ७७ लाख रुपैयाँ मात्र राजस्व सङ्कलन भएको छ ।
व्यापारिक समूहले प्रहरीसँग सेटिङ मिलाएर अवैध कारोवार गरिरहे पनि नियामक निकाय बेखबर रहेको छ । दक्षिणी झापाका सीमावर्ती नाकामा उपल्लो स्तरको ‘सेटिङ’को अफवाह फैलाएर तस्करले सहज रूपमा तस्करीको वातावरण बनाएको स्थानीय बासिन्दा बताउँछन् ।
सादा पोशाकका प्रहरीले तस्करहरूबाट रकम असुल्ने गरेको उनीहरूको भनाइ छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख शैलेश थापाले सादा पोशाकमा परिचालित प्रहरीले गल्ती गरेको वा तस्करसित साँठगाठ गरेको पाए तुरुन्त कारवाही गर्ने आश्वासन दिए्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्