Skip to content
LAXMI SUNRISE BANK

चीनमा १ वर्षमा ४ लाख सरकारी कर्मचारीलाई कारवाही

अर्थ सरोकार

एजेन्सी – विभिन्न पदमा रहेर अनुशासनबिहीन तथा पार्टीको आचारसंहिताअनुसार काम नगर्ने र अन्य अनियमिता गरेको आरोपमा ४ लाख १५ हजार चिनियाँ विरुद्ध अनुशासनको कारवाही चलाएको चिनियाँ कम्युनिष्ट पार्टीको उच्च अनुशासन समितिले जनाएको छ। 
कारवाहीमा पर्नेमा ७६ जना प्रान्तीय तथा मन्त्रीस्तरीय पदाधिकारीका साथै विभिन्न तहमा कार्यरत कर्मचारी रहेका चिनियाँ समाचार सँस्था सिन्ह्वाले लेखेको छ। त्यस्तै दुई लाख ५६ हजार ग्रामिण तथा विभिन्न सङ्घसंस्थासँग आवद्धता रहेका पदाधिकारी र सदस्य रहेको पार्टीको केन्द्रीय अनुशासन छानविन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 
चिनियाँ समाजमा भ्रष्टाचार र अनियमिताले व्यापकता पाएको भन्ने गुनासो राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरबाट व्यक्त भएपछि पार्टीले सन् २०१२ देखि भ्रष्टाचार, फजुलखर्च, नकारात्मक गतिविधि र अनुशासन उल्लङ्घनका गतिविधिलाई अभियानकै रुपमा छानविन सुरु गरेको जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK