
एजेन्सी – अमेरिकासँग आफ्नो सम्भावित ‘व्यापार युद्ध’ लाई लिएर चीनले भारतलाई सचेत गराएको छ । चीनले डोनल्ड ट्रम्प प्रशासनका कारण चीन र अमेरिकाबीचको ‘व्यापार युद्ध’ यदि भारत, अमेरिकातर्फ झुक्यो भने उसको यो निर्णय बुद्धिमानी नहुने जनाएको हो ।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सको रिपोर्टमा यस्तो कुरा बताइएको हो । भारतले अमेरिकाको सहयोगमा आफ्नै देशमा उद्योग धन्दा धमाधम विस्तार गर्न लागिरहेको सन्दर्भमा चीनले भारतलाई सचेत गराएको हो ।
अमेरिकाको सहयोगमा भारतले उद्योग क्षेत्र विस्तार गर्न लागिरहेका बेला त्यसले चिनियाँ सामानको निर्यातमा असर पर्ने बताइरहेका बेला यस्तो भनाई आएको हो ।
‘अमेरिका र चीनबीच हुन लागेको व्यापार युद्धमा यदि भारतले डोनल्ड ट्रम्प प्रशासनसँग नजिकिँदा आफ्नो अर्थतन्त्रमा उछाल आउने सोचेको छ भने त्यो सरासर गलत सावित हुनेछ’, ग्लोबल टाइम्सले भनेको छ, ‘भारत(अमेरिकी आर्थिक सम्बन्धलाई अनुमान भन्दा ज्यादा आँक्दा भारत भड्किन पुग्नेछ जसका कारण आर्थिक विकासको गलत बाटोमा जानेछ । विकासको मामिलामा नयाँ दिल्लीले धेरै यथार्थवादी हुनु जरुरी छ।’
भारतीय पक्षले भने अमेरिकासँग नजिक भएको भन्दै चीनले आफूलाई धम्की दिइरहेको आरोप लगाएको छ । उता अमेरिका चीन भन्दा कयौँ गुणा शक्तिशाली भएर पनि आफुलाई यस्तो भाषा प्रयोग नगरेको उसको जिकिर छ ।
भारतले सबै कुराको ठेक्का चीनसँग नरहेको बताउँदै आएको छ। भारतले आफू निर्णय गर्न सक्षम रहेको भन्दै चीनले कुनै अर्ति उपदेश दिन जरुरी नरहेको बताउँदै आएको छ ।
‘अमेरिकातर्फ झुक्न छाडेर भारतले आफ्नो उत्पादन क्षेत्रलाई विकास गर्न ध्यान दिनु जरुरी छ । साथै उसले आफूलाई विश्वव्यापी आपूर्ति सञ्जालसँग जोड्नु पर्छ । जसका कारण उसको निर्यातको विस्तार भएर व्यापार घाटालाई कम गर्न सकोस’, रिपोर्टमा अगाडि भनिएको छ,’उसले नयाँ रोजगारी पैदा गर्नका लागि ध्यान दिनु जरुरी छ । जसले विकासलाई तीब्र गतिमा अगाडि बढाउन सकियोस ।’
चीन(अमेरिका व्यापार युद्धको चपेटामा भारत पर्ने आशंका बढिरहेका समयमा ग्लोबल टाइम्सको यो रिपोर्ट सार्वजनिक भएको हो । डोनाल्ड ट्रम्प रुससँग नरम र चीनसँग कडारुपमा प्रस्तुत हुनेतर्फ लम्किरहेका बेला यी दुई देशबीच व्यापार युद्ध हुने संकेत देखिएको हो ।
चीन अमेरिका व्यापार युद्ध सुरु भयो भने यसले भारतीय अर्थव्यवस्थालाई ठूलो क्षति पुर्याउने अनुमान गरिएको छ । रिपोर्टमा यो व्यापार युद्धका कारण सूचना(प्रविधि र अमेरिकी बजारबाट भइरहेको निर्यातमा ठुलो असर पर्ने संकेत देखा परिसकेको जनाइएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्