×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनले बनायो मान्छे जस्तै कुरा गर्ने रोबर्ट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चीनले बनायो मान्छे जस्तै कुरा गर्ने रोबर्ट

Artha Sarokar

२८ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – चीनको ‘युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी’का इन्जिनियरले मान्छे जस्तै रोबर्टको आविस्कार गरेका छन् । परम्परागत चिनियाँ  पोसाकमा सजिएकी जिया जिया रोबर्ट साधारण कुराकानी गर्न सक्छिन् ।
चिनियाँ वैज्ञानिकले युवती जस्तै रोबर्ट बनाएका छन्, जसलार्इ देखेर जो कोही भ्रममा पर्न सक्छन् । एउटी सन्दर युवती जस्ती देखिने रोबर्ट, जसको नाम ‘जिया जिया’ हो । उसका हाउभाउ, चालढाल युवतीको जस्तै छ, जसले गर्दा जो कोही वास्तविक युवती सम्झन्छन् ।
जियाले दिनभरको मौसम जानकारी, लिंग पहिचान गरी जवाफ दिन सक्छिन् । उनले कुनै युवकलाई ‘यू आर ह्यान्सम म्यान’ समेत भन्न सक्छिन् । यदि जियालाई तिम्रो ब्वाइफ्रेन्ड छ, भनेर सोध्यो भने, ‘म सिंगल रहन चाहन्छु’ भन्ने जवाफ दिन्छिन् । उनि साधारण मानव जसरी संवाद गर्न सक्छिन् ।
शांघाईको फ्यूचरिस्टिक फाइनान्सियल सेन्टरमा आयोजित सम्मेलनमा वैज्ञानिकका प्रमूख चेन शाओपिंगले एक बुवाको रुपमा रोबर्टलाई प्रस्तुत गरे । चेनकाअनुसार, एक दशकमा जिया जियाजस्ता रोबर्ट चीनका विभिन्न रेष्टुरेन्ट, नर्सिङ होम, अस्पतालहरु तथा घरहरुमा काम गर्न थाल्ने छन् । अबको ५ देखि १० बर्षमा रोबोटको माग बढ्नेछ, चेनले भने ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी