
एजेन्सी – चीनले आगामी ३ देखि ५ बर्ष भित्र श्रीलंकामा नयाँ आर्थिक क्षेत्रका लागि ५ अर्ब डलर लगानी गर्ने योजना वनाएको छ ।
दक्षिण श्रीलंकामा नयाँ आर्थिक क्षेत्र निर्माणका लागि आउने तीनदेखि पाँच बर्षसम्म ५ अर्व डलर लगानी गर्ने योजना कोलम्वो सरकार समक्ष पेश गरेपछि श्रीलंकाले चीनिया सरकारको उक्त योजनाको स्वागत गरेको छ ।
चीनको यस योजनाले एक लाख मानिसहरुले रोजगार पाउने भन्दै श्रीलंकाली सरकारले चीनिया लगानी सम्वन्धी योजनाको स्वागत गरेको हो । श्रीलंकाका लागि चीनिया राजदुत शि आन लियांगले यो आर्थिक विकास क्षेत्र दक्षिण श्रीलंकाको हंवनटोटा इलाकामा बन्ने वताएका छन् ।
चीनका ५० बढी लगानीकर्ता दक्षिणी विकास प्रोजेक्टमा लगानी गर्न इच्छुक छन् । श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रम सिंघे दक्षिण क्षेत्रको आर्थिक विकास प्रोजेक्टमा लगानीको योजनाका लागि चीनको प्रशंसा गर्दै विशेष धन्यवाद समेत दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्