
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले संघीयता रहेमा नेपाल नै नहरने दावी गरेका छन्। रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा उनले पहाड र तराइलाई टुक्रयाएर कालान्तरमा नेपाललाई भारतमा गाभ्ने योजना पूरा गर्न लागेकाले कि संघीयता रहने कि नेपाल रहने बताएका हुन्।
नेपालको तराई क्षेत्रको भूभाग भारतले आफ्नो कब्जामा पार्ने रणनीति संघीयताबाटै सम्भव रहेको र यसको पछिल्लो उदाहरण पाँच नम्बर प्रदेशलाई तराईबाट छुट्टाएर आफ्नो स्वार्थ पूरा गर्ने जानकारी पाएपछि कांग्रसकै र अन्य राजनीतिक दलका सांसदहरुले नै खुलेरै बिरोध गरेको उनले बताए।
मधेशी मोर्चा आफ्नो बिबेकले भन्दा पनि भारतको आदेश पालना गर्ने तर्फ लागेको आरोप लगाउँदै अध्यक्ष केसीले पाँच नम्बर प्रदेशलाई टुक्रयाएर पहाड र तराईबीचको फाटो ल्याउने र अन्ततः भारतको योजना पूरा गर्ने रणनीतिमा रहेको दावी गरे। उनले प्रतिपक्षको बिरोधका माझ संसदको मर्यादा बिपरीत बिदेशीको आदेश पालना गर्न वर्तमान सरकारले संशोधन बिधेयक टेबल गरेर गाइजात्रा देखाएको बताए।
स्थानीय तह निर्वाचनको विधेयक ल्याउने अवस्थामा लोकमानको मुद्दा र संशोधन प्रस्ताव ल्याएर अल्झाउने र सत्ता र शक्तिका लागि छिमेकीको भरमै निर्भर हुने अवस्था नछाडे लोकतन्त्र र गणतन्त्र समाप्त हुने केसीले दावी गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्