
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिमार्जन सहित पारित गरेर मात्र चुनाव घोषणा गर्न सरकारलाई आग्रह गरेको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरुसँगको छलफलमा मोर्चाका नेताहरुले विधेयक परिमार्जन सहित पारित नभएसम्म आफूहरु चुनावमा नजाने बताएका छन्।
बैठकपछि मोर्चाका नेता तथा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले आफूहरुको माग समेटेर संशोधन विधेयक परिमार्जन सहित पारित भएपछि मात्र चुनाव घोषणा गर्न सरकारलाई आग्रह गरेको बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले छिट्टै स्थानीय तहको निर्वाचन घोषणा गर्ने र त्यसका लागि सहयोग गर्न मधेसी मोर्चालाई आग्रह गरेका थिए।
प्रधानमन्त्रीले संविधान संशोधन विधेयक र चुनावको विषयमा ब्रिफिङ गर्नुभयोु बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने मोर्चाले विधेयक पारित भएपछि मात्र चुनावमा जाने कुरा गरेको छ, मोर्चा चुनावका लागि सकारात्मक देखिएन।
स्थानीय तह पुनर्संरचना प्रतिवेदन परिमार्जन गर्न मोर्चाको माग
बैठकमा मधेसी मोर्चाका नेताहरुले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन परिमार्जन गर्न माग गरेका थिए। हामीहरुले स्थानीय तह पुनर्संरचना प्रतिवेदन परिमार्जन हुने कि नहुने भन्ने प्रश्न गर्यौं, नेता लक्ष्मणलाल कर्णले भने प्रधानमन्त्रीले अन्य दलसँग परिमार्जन गर्ने विषयमा छलफल गरेर निश्कर्षमा पुग्नेछु भन्नुभएको छ।
माओवादी केन्द्रका नेता श्रेष्ठका अनुसार मोर्चाले पुनर्संरचना आयोगको प्रतिवेदन नसच्याएसम्म चुनावमा भाग लिन नसकिने दोहोर्याएको थियो। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंह, मधेसी मोर्चाका तर्फबाट उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव लगायत नेताहरु सहभागी भएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्