
- अर्थ सरोकार संम्वाददाता
काठमाडौ – सिटी मेट्रो यातायातले वनस्थलीबाट महाराजगञ्ज, पुतलीसडक माइतीघर हुदै काँडाघारीसम्मको रुटमा सोमबारदेखि १३ बस सञ्चालनको तयारी गरेको थियो। बस सञ्चालनका लागि रुट परमिट पनि लिइसकेको थियो। तर यो रुटमा यात्रुहरुले सिटी यातायातको नयाँ गाडी देख्न पाएनन्।
गत शुक्रबार औपचारिक कार्यक्रम गरेर सोमबारदेखि यो रुटमा बस सञ्चालन गर्ने सिटी यातायातले घोषणा गरिसकेको थियो। १३ नयाँ बस हरेक १० मिनेटमा छुट्ने गरी यो रुटमा गाडी चलाउन लागेको सिटी यातायातले आफ्नो योजना अनुसार काम गर्न नसक्दा सोमबार यात्रुले यो बस पाउन नसकेका हुन्।
सिटी यातायातले अनुभवी चालक नपाएपछि योजना अनुसार बस चलाउन नसकेको हो। ुसोमबार बिहानैदेखि नयाँ १३ बस सञ्चालन गर्ने तयारीमा थियौं, तर अनुभवी चालकको अभावमा हाम्रो योजना अनुसार काम हुन सकेनौुं सिटी मेट्रो यातायातका अध्यक्ष हेमेन्द्र शेरचनले अर्थ सरोकारसँग भने।
सिटी मेट्रो यातायातले बस सञ्चालनका लागि छनोट गरेका चालकहरुलाई शुक्रबार र शनिबार परीक्षणको रुपमा गाडी चलाउन लगाएको थियो। तर ट्रायलकै क्रममा बस ठोक्किएपछि नियमित रुपमा बस सञ्चालन गर्न नसकेको शेरचनले बताए। ड्राइभरसँग लाइसेन्ससँगै अनुभव पनि खोजिएको थियो तर दुवै योग्यता भएको पाइएन लाइसेन्स भएको खोज्दा अनुभवी चालक पाइएन उनले गुनासो पोखे।
कंलकीमा ट्रायल लिइदै
सोमबार पनि सिटी मेट्रोले ड्राइभरको ट्रायल लिइरहेको छ। अनुभवी ड्राइभर नपाएपछि सिटी यातायातले गाडी चलाउनको लागि आवेदन दिएका र छनोट भएका ड्राइभरको कंलकीमा ट्रायल लिन थालेको हो। अहिले १३ ड्राइभरहरुको कंलकीमा ट्रायल लिने काम गरिरहेका छौुं सिटी यातायातका अध्यक्ष शेरचनले थाहाखबरसँग भने। १३ ड्राइभरहरुलाई पुन ट्रायल लिन थालेपछि सिटीका नयाँ बस सचालन हुन अझै २र४ दिन लाग्ने भएको छ। छिट्टै सञ्चालनमा ल्याउने तयारीमा हामी जुटेका छौं तर ड्राइभरको ट्रायल लिन थालिएको कारण भनेकै समयमा सकेनौं १र२ दिन लाग्न सक्छु शेरचनले भने।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्