Skip to content
LAXMI SUNRISE BANK

सिभिल बैंकको आस्वा सेवा ५० रुपैयाँमै पाइने

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – नेपाल धितोपत्र बोर्डबाट आस्वा बैंक खातामा सेयर लगानीकर्ताको पैसा रोकेर राख्ने प्रणालीमा सहभागी भई सेवा दिन ३४ वित्तीय संस्थाहरुले अनुमति पाएका छन। 
अनुमति पाएका अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले १०० रुपैयामा सो सेवा प्रदान गर्ने जनाएको बेला सिभिल बैंक लिमिटेडले भने मात्र ५० रुपैयाँमा सेवा प्रदान गर्ने भएको छ। 
कारोबार विस्तार र व्यापारमा तिब्र प्रतिष्पर्धा रहेको अवस्थामा केहि बैंकले भने आस्वा सेवा प्रदान गर्ने शुल्क अधिकतम २५० रुपैयाँ देखि १०० रुपैयाँसम्म तोकेका छन। सेवा शुल्कमा भएको प्रतिस्पर्धाले भने सर्वसाधारणलाई राहत पुगेको छ।
आस्वा सेवा प्रदान गरेबापत बैंकहरु आफैले सेवा शुल्क तय गर्न सक्ने तर त्यसको सूचना सेवा प्रारम्भ गर्नु अगाडी नै आफ्नो वेबसाइटमा वा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्नु पर्ने व्यवस्था रहेको छ। यसै क्रममा आस्वा सेवा दिन अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुले सेवा शुल्क निर्धारण गरि सूचना प्रकाशित समेत गरेका छन।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK