×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उच्च अदालतको गरेको न्यायाधीश सिफारिसप्रति एमालेको आपत्ति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

उच्च अदालतको गरेको न्यायाधीश सिफारिसप्रति एमालेको आपत्ति

Artha Sarokar

२ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेकपा एमालेले तत्काल चुनावको मिति घोषणा गर्न सरकारलाई माग राखेको छ । आइतबार पार्टी कार्यलय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकले २०७४ माघ ७ गतेभित्र तीन तहकै चुनाव गर्नुपर्ने भएकाले तत्काल चुनाव घोषणा गर्न सरकारसँग माग गरेको हो । 
बैठकले शुक्रबार न्यायपरिषदले गरेको उच्च अदालतको न्यायाधीश सिफारिसप्रति पनि आपत्ति जनाएको छ । मनोमानी ढंगले न्यायालयकै स्वतन्त्रतामा आँच आउने गरी न्यायाधीश नियुक्ति गरिएकोमा स्थायी कमिटी बैठकले आपत्ति जनाएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । 
एमालेले फागुन २१ देखि १५ दिनसम्म मेची महाकाली मधेस जागरण अभियान सञ्चालन गर्ने पनि निर्णय गरेको छ । त्यस्तै माघ २४ गते एमालेले पार्टीको पोलिट्ब्युरो बैठक बोलाएको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी