×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेको खर्च यतिमात्रै हो त ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एमालेको खर्च यतिमात्रै हो त ?

५ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – आगामी चुनावमार्फत सबैभन्दा ठूलो पार्टी बन्न आतुर एमालेको वार्षिक खर्च कति होला रु १२ करोड ८८ लाख बराबरको बचत खर्च सम्पत्तीवाला सो पार्टीले गत आर्थिक वर्षमा ७ करोड ५४ लाख ४१ हजार आफ्नो कोषमा दाखिला गरेको रहेछ ।
 जसमध्य खर्च भयो– ४ करोड ९९ लाख, बच्यो २ करोड ५५ लाख । पार्टी सदस्यहरुबाट उठ्ने लेभी शुल्क र चन्दा सहयोग ९व्याक्तिगत २८ लाख ७५ हजार र संस्थागत ५५ लाख० रहेछ ।
प्रकाशनबाट ४१ लाख ६० हजार नगद संकलन गरेको सो पार्टीले भुकम्पबाट क्षतिग्रस्त बल्खु मुख्यालयको थोत्रो फर्निचर बेचेर १९ लाख ६५ हजार आम्दानी गरेको रहेछ । प्रशिक्षणमा एमालेले यसबीच ३० लाख ८७ हजार खर्च गरेको थियो भने अतिथि सत्कारमा २ लाख । 
कार्यलय सञ्चालनतर्फ सबैभन्दा बढी खर्च छ जसको हिसाव हुन आउँछ ३ करोड ७६ लाख ४४ हजार, जसमा सांसदबाहेक १८४ सदस्यीय केन्द्रीय समितिमा रहेका अधिकांशले पाउने मासिक खर्च, कर्मचारीको तलब र जनवर्गीय संगठनहरुलाई दिइने अनुदान पनि पर्न आउँछ । त्यो पार्टीले १८२ जना सांसदबाट मासिक १३ हजारको दरले लेबी उठाउने गरेको छ । बुधबार प्रकाशित जनआस्थामा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: