×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेले शुक्रबार जनप्रदर्शन गर्ने ‘ राजधानीका विभिन्न ठाउँबाट र्याली निकालिदै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एमालेले शुक्रबार जनप्रदर्शन गर्ने ‘ राजधानीका विभिन्न ठाउँबाट र्याली निकालिदै

२१ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – प्रमुख प्रतिपक्षी  दल नेकपा एमालेले संविधान संशोधनको विरोधमा शुक्रबार राजधानीमा बृहद् प्रदर्शनका गर्ने भएको छ । सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावका विरुद्ध एमाले नेतृत्वमा नौ राजनीतिक दलले गर्ने प्रदर्शनका लागि एमालेले तयारी पुरा गरेको छ । यसैक्रममा जनप्रदर्शनलाई व्यवस्थित गर्न पाँच सय स्वयम्सेवक परिचालन गरिने भएको छ ।
बिहीबार बिहान नेकपा एमाले केन्द्रीय कार्यालयमा स्वयम्सेवकका लागि निर्देशन दिएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार एक विज्ञप्ति जारी गर्दै भोलिको प्रदर्शनलाई भव्य बनाउन तीव्र तयारी भएको उल्लेख गरेका छन् । भोलिको जनप्रदर्शनलाई व्यवस्थित गर्न एमालेको नेतृत्वमा पाँच सय स्वयंमसेवक परिचालन गरिने भएको छ ।
जनप्रदर्शनको प्रचार–प्रसारका लागि बिहीबार अपरान्ह ३ बजे प्रदर्शनीमार्ग काठमाडौंबाट मोटरसाइकल ¥याली आयोजना गरिएको छ । स्थानबाट सुरु भएर भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, सिनामंगल, बत्तीसपुतली, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कमा पुगेर मोटरसाइकल याली समापन हुनेछ ।
स्वयंसेवक दस्तालाई निर्देशन दिदै एमाले उपाध्यक्ष वामदेव गौतमले अनुशासित र चनाखो भएर काम गर्न आग्रह गरे । गौतमले एमाले जीवित रहँदासम्म देशलाई विखण्डन हुन नदिने बताए । अभद्र तथा उच्छृंखल गतिविधिहरूमाथि निगरानी गर्दै जनप्रदर्शनलाई भव्य र सानदार ढंगले सम्पन्न गर्न पनि गौतमले निर्देशन दिएका थिए ।
यस्तो हुनेछ प्रदर्शन
जनप्रदर्शन अपरान्ह १ बजे रत्नपार्कबाट सुरु हुनेछ । त्यसभन्दा अघि विभिन्न ४० स्थानबाट जुलुसहरू रत्नपार्क आउनेछन् । एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्यूरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुदै प्रदर्शनीमार्गमा सभामा परिणत हुनेछ । सभालाई ९ राजनीतिक दलका प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
जनप्रदर्शन र त्यसअघि हुने मोटरसाइकल ¥यालीलगायतका प्रचार–प्रसारका कामहरूले आम सर्वसाधारणको आवतजावतमा कठिनाई नहोस् भन्ने कुरामा आयोजक पार्टीहरू सचेत छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: