
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल एमालेले संविधान संशोधनको प्रस्ताव झुक्याएर पेश गरिएको बताएको छ । सभामुखको मिलेमतोमा संसदीय अभ्यास विपरित ल्याइएको विधेयक संसदमा छलफल गर्न नदिने प्रमुख सचेतक भानुभक्त ढकालले बताए ।
‘संसदमा संशोधनको विधेक छलफल गर्न दिदैनो यदि बल पुर्वक छलफमा ल्याउने कोशिष भए संसद भित्र कडा प्रतिवाद गर्ने नीति दिदैछौ’ उनले भने ।
आइतबार नारावाजीकाबीच संविधान संशोधनको विधेयक संसदमा दर्ता गरिएको थियो । एमालेले झुक्याएर प्रस्ताव पेश भएको भनीरहँदा सत्तापक्षका केहि सांसद र नेताहरुले एमाले लगाएत प्रतिपक्ष दलको सहयोगमा संशोधन प्रस्ताव दर्ता गरिएको बताएका छन् ।
एमालेका बरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले सभामुखको भुमिका संसदीय मर्यादा विपरित भएको टिप्पनी गरेका छन् । प्रतिपक्ष दलहरुको नारावाजीकाबीचमा संशोधन प्रस्ताव दर्ता गरेर सभामुखले पार्टीको प्रवक्ताको जस्तो व्यवहार देखाएको एमालेसहित ९ दलले आरोप लगाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्